• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत

February 27th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, १५ फागुन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि कर्मचारीमाथि पक्षपात नगरेको बताएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आफुले कुनै पनि कर्मचारीलाई आस्थाका भरमा पक्षपात नगरेको तर कामका आधारमा भने मूल्यांकन गरेर अवसर दिएको बताएका छन् । कर्मचारीमा आफुले अवसर पाए पक्षपात नहुने तर अरुले पाउदामात्र पक्षपात हुने गरेको स्मरण गरे । मन्त्री बस्नेतले भने, ‘ यहाँ आफुले अवसर पाए पक्ष हुन्छ तर अरुले पाए मात्र पात हुने हो । ’ सिमित सिटका कारण सबैलार्इृ एकै पटक अवसर दिन भने नसकिने मन्त्री बस्नेतको बताए ।
मन्त्रालय भित्र केही कर्मचारीतिर इंगित गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयका निर्णय मन्त्रीपरिषद्मा पास हुन नपाउदै समाचारमा आइसक्ने गरेको स्मरण गर्दै आफुले यस बिषयमा थाहा पाएको तर त्यस्ता कर्मचारीलाई सुध्रन मौका मात्र दिएको बताए । आफुले स्वास्थ्य मन्त्रीको पदलाई काम गर्ने अवसरको रुपमा लिएको बताउदै मन्त्री बस्नेतले काजमा बसेका कर्मचारीको काज फिर्ता गरेको, विदेश भ्रमणमा दुर्गमका काम गरेकालाई पनि अवसर दिएको र विभिन्न अस्पतालका कामचोर कर्मचारीलाई कारवाही गरेको दावी गरे । केही सरकारी अस्पतालमा कर्मचारी युनियन र बिचौलियाका रुपमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई समेत कारवाही गर्न त्यहाँका प्रशासक डराउनु बिडम्बना भएको मन्त्री बस्नेतले बताए । वीर अस्पतालको फार्मेसीमा विरामीले किन्न चाहेको २० प्रतिसत औषधि समेत पाउन नगरेको तर कमिसनको चक्करमा विरामीलाई बाहिरका फार्मेसीबाट औषधि किनाउने प्रवृति तत्काल बन्द गर्नु पर्नेमा बस्नेतले जोड दिए ।
उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताए ।
उनले भने, ‘ स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ । ’ मन्त्री बस्नेतले सो अवसरमा उत्कृष्ठ काम गर्ने ५ जना स्वास्थ्यकर्मीलाई नगद सहित पुरस्कार प्रदान गरेका थिए । स्वास्थ्य सचिव डा. रोसन पोखरेलले एकिकृत स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रालय तयार रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तिलगंगा विश्वविद्यालय विधेयक संसदीय समितिमा पठाउने निर्णय
Next article स्वास्थ्य मन्त्री बस्नेतको चट्टानी अडानले ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

146
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web