• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

एक महिनामै लोमस फर्मास्यूटिकल्सका ४ प्रकारका औषधि गुणस्तरहिन भन्दै विक्रीमा रोक

March 1st, 2024 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, १८ फागुन : औषधि व्यवस्था विभागले एक महिनाको अन्तरालमा लोमस फर्मास्यूटिकल्सले उत्पादन गरेका ४ प्रकारका औषधि गुणस्तरहिन भन्दै बिक्री बितरणमा रोक लगाएको छ । विभागले माघ तेस्रो र चौथो सातामा लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप र पारासिटामोल न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको थियो । अहिले फेरि लोमस फर्मास्यूटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला परेको विभागले जनाएको छ । प्रयोगशाला परीक्षणका क्रममा लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको भएको पुष्टि भएको छ । विभागले यी औषधि बिक्री वितरणमा रोक लगाएको हो । त्यसैगरि विभागले फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि पनि न्यून गुणस्तरको फेला परेको जनाएको छ ।
यसैगरी, विभागले परीक्षणका क्रममा फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरकोे भएको पुष्टि गरेको छ । सो औषधिको ब्याच नम्बर २२÷०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागका अनुसार, बजार अनुगमनपछि शंका लागेर ती औषधिको नमूना परीक्षण गरिएको थियो । बजारमा पठाइएका औषधि गुणस्तरहीन रहेको पुष्टि भएसँगै विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
औषधि ऐन २०३५ को दफा १४ बमोजिम विभागले बिक्री वितरण रोक्का गरी फिर्ता गर्न निर्देशन दिएको हो । खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ । उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन निर्देशन समेत दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले पदभार सम्हाले
Next article नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web