• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व मिर्गौला दिवसको अवसरमा चैत १ गते दशरथ रंगशालामा प्रत्यारोपण खेलकुद हुने

March 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व मिर्गौला दिवसको अवसरमा चैत १ गते दशरथ रंगशालामा प्रत्यारोपण खेलकुद हुने

हेल्थ टुडे,
काठमाडौं, ३० फागुन : विश्व मिर्गौला दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशालामा चैत १ गतेका दिन नेपाल प्रत्यारोपण खेलकुदको आयोजना गरिने भएको छ । अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटीको आयोजनामा अंग प्रत्यारोपित र कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक, कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल आयोजना हुने आयोजकले जनाएको छ । विगत १४ वर्षदेखि प्रत्यारोपण खेलकुद आयोजना हुदै आइरहेको छ । अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य समान्य व्यक्ति सरह जिवन यापन गर्न सक्षम छन् भन्ने भावनाको विकास गर्न उक्त खेलकुद आयोजना गर्ने गरिएको आयोजक समितिका संयोजक डा कल्पना श्रेष्ठले जनाकारी दिइन । विगत वर्षहरुमा मिर्गौला रोग उपचार र रोकथाममा काम गर्ने विभिन्न संस्थाहरुले छुट्टा छुट्टै मनाउने गरेकोमा यो वर्ष अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउँटै भएपछि पहिलो पटक संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागिएको हो । यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु तथा मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरुको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । नेपालमा प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गरेको छ । प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । यस बर्षको विश्व मिर्गौला दिवसको नारा “मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडिसिटी हस्पिटलमा १४ महिनामा जम्मा २३ जनाको मिर्गौला प्रत्यारोपण
Next article अंगदान गर्न स्वास्थ्य मन्त्री यादवको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web