• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कान्ति बाल अस्पतालको सेवा सुधार गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवको निर्देशन

March 28th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कान्ति बाल अस्पतालको सेवा सुधार गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवको निर्देशन

हेल्थ टुडे,
काठमाडौं, १४ चैत : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री यादवले अस्पतालले प्रदान गरिरहेको सेवा सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
मन्त्री यादवले उपचारका लागि आएका बिमारीलाई कुनै पनि अवस्थामा फर्काउन नहुनेमा जोड दिदै त्यसका लागि आवश्यक प्रवन्ध मिलाउन अस्पतालका निर्देशक डा. पंकज रायलाई निर्देशन दिएका छन् । ‘उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आइसियु बेड खाली नभएर वा मेसिन बिग्रेर जस्ता कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नु पर्छ । ’ मन्त्री यादवले भने, ‘आइसीयु बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रबृत्ति अन्त्य गर्नै पर्छ । ’ मन्त्री यादवले सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न पनि डा. रायलाई निर्देशन दिएका छन् । अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने, भित्रको फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्थाको तत्काल अन्त्य गर्नु पर्ने र बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइनमैं रिर्पोट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउन पनि मन्त्री यादवले अस्पताल प्रशासनको ध्यान आकर्षण गराएका छन् । मन्त्री बस्नेतलाई कान्ति बाल अस्पतालका निर्देशक डा. रायले अस्पतालले प्रदान गरिरहेका सेवा र समस्याका बिषयमा जानकारी गराएका थिए । कान्ति बाल अस्पतालले प्रदान गरिरहेको सेवा र बेड अभावमा केही बिरामीले फर्कनु परेको घटना सार्वजनिक भए पछि मन्त्री यादवले अस्पतालको अनुगमन गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृतिबारे गृहले मेडिकल काउन्सिलको राग माग्यो
Next article नेत्रज्योति संघ मार्फत सञ्चालित आँखा अस्पतालमा उपचार गराउने विदेशीको संख्या बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134365
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web