• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमा पूरै फेल भएको छैन, सुधार्न सकिन्छ : डा. लोहनी

April 5th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बीमा पूरै फेल भएको छैन, सुधार्न सकिन्छ : डा. लोहनी

हेल्थ टुडे,
काठमाडौं, २३ चैत : स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रम पूरै फेल नभएको दाबी गर्दै यसलाई सुधार गर्न सकिने बताएका छन् । आठौं स्वास्थ्य बीमा दिवसको पुर्व सन्ध्यामा शुक्रबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा. लोहनीले स्वास्थ्य बीमामा थुप्रै समस्या भएको स्विकार गर्दै सुधार्नै नसकिने भने नभएको बताए । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले सम्झौता अनुसार सेवा उपलब्ध नगराए नविकरण रोक्नेसम्मको कारवाही गर्न सरकारलाई सिफारिस गरिने दावी गर्दै डा.लोहनीले विमितको संख्या बढाउन छिट्टै अनलाईन मार्फत घरमै बसीबसी स्वास्थ्य बीमा गर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए । डा. लोहनीले भने, ‘स्वास्थ्य बीमामा अर्को वर्ष एआईको प्रयोग समेत गर्ने छौ । ’
बीमा कार्यक्रम पन्चड भएको टायर टालेर गाडी चलाए जस्तै तरिकाले अगाडि बढिरहेको बताउदै सरकारले चाडै यसका बिषयमा ठोस कदम चाल्ने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले देशका ७५२ पालिकामा कार्यक्रम सुरु भइसकेको जानकारी दिदै स्वास्थ्य बीमा दिवसको अवसरमा चैत २५ गते बाकी रहेको बुढानिलकण्ठ नगरपालिकाका पनि सेवा सुभारम्भ भएको घोषणा गरिने बताए ।
स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तीराम श्रेष्ठले स्वास्थ्य बीमाका बिषयमा अजmै पनि जनमानसमा चेतना अभाव रहेको बताए । स्वास्थ्य बीमाको विकल्प स्वास्थ्य बीमा नै भएको बताउदै डा. श्रेष्ठले सबैको सकारात्मक सोचले कार्यक्रम सफल हुनेमा जोड दिए । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार अहिलेसम्म कुल जनसंख्याको २६.५४ प्रतिसतले स्वास्थ्य बीमा गराएका छन् । कुल विमित मध्ये सेवा लिनेको संख्या ४७ प्रतिसत रहेको छ भने ६२ प्रतिसतले बीमा नविकरण गराएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हामी किन विरामी हुन्छौ ?
Next article क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133468
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

105
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

96
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web