• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा स्वास्थ्य नीति र वित्तिय अवस्थाका बिषयमा बहस

April 11th, 2024 अन्तर्वार्ता, समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा स्वास्थ्य नीति र वित्तिय अवस्थाका बिषयमा बहस

हेल्थ टुडे,
काठमाडौं, २९ चैत : बुधबारदेखि सुरु भएको स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको १० औ शिखर सम्मेलनमा विज्ञहरुले विभिन्न बिषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । प्लेनरी सेसनमा विज्ञहरुले स्वास्थ्य क्षेत्रका जल्दाबल्दा बिषयमा केन्द्रित रहेर बहस गरेका छन् । पूर्ण सत्रको पहिलो कार्यपत्रमा नेपालको स्वास्थ्य नीति र वित्तिय अवस्थाबारे छलफल भएको थियो । उक्त सत्रको अध्यक्षता स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. सुधा शर्मा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्रले गरेका थिए ।
छलफलमा मन्त्रालयका नीति, योजनामा महाशाखामा प्रमुख डा. कृष्णप्रसाद पौडेलले पेपर प्रस्तुति दिएका थिए । उनले राजनीतिक अस्थिरताका कारणले स्वास्थ्यका नीति बन्ने तर कार्यन्वयन नहुने समस्या रहेको बताए । स्वास्थ्यका ऐन बाझिने खालका रहेको भन्दै एउटा बनाएको नीति सरकारको माथिल्लो तहमा पुर्याउँदा अर्कै भएर आउने समस्या रहेको बताए ।
यस्तै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका डा. गुणनीधि शर्माले मानिसलाई स्वास्थ्य बीमामा आवद्ध गराउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले गरिव दिनदुःखीको लागि स्वास्थ्य बीमा कार्यक्रम बरदान भएकोले यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनका लागि सबैको साथ हुनु पर्ने बताए ।
सत्रमा जनस्वास्थ्यविद् अच्युतराज पाण्डे, डा. प्रतिक खनाल र राजीवकान्त मिश्रले स्वास्थ्य सेवाको विस्तारसंगै गुणस्तर स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पूर्व स्वास्थ्य सचिव डा. शर्माले गुणस्तरिय स्वास्थ्य सेवा नराम्रो भएर विरामीहरु नीजि अस्पताल तिर जाने गरेको भन्दै मानव संशाधनमा बढाउनु पर्नेमा जोड दिईन् ।
बुधबार नै भएको अर्को सत्रमा नेपालको स्वास्थ्यको वित्तिय अवस्थाको छलफल पनि भएको छ । छलफलमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी, विश्व स्वास्थ्य संगठनका रोशन कर्ण र वीर अस्पतालका संगीता श्रेष्ठले भाग लिएका थिए । छलफलमा मन्त्रालयका अतिरिक्त सचिव डा. देवकोटाले स्वास्थ्य बीमालाई डिजिटलाइजेशन गर्नुपर्ने बताए ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले सरकारको प्राथमिकतामा स्वास्थ्य बीमा कार्यक्रम रहेकोले सवैलाई बीमा कार्यक्रममा आबद्ध गराउनुपर्नेमा जोड दिए । विश्व स्वास्थ्य संगठनका रोशन कर्णले स्वास्थ्य सेवाको वृद्धिका लागि काँधका काँध मिलाएर जान तयार रहेको बताए । यसैगरी तथ्य र अनुसन्धानमा आधारित क्लिनिकल ट्रायल बिषयक सामूहिक छलफल पनि आज सम्पन्न भएको छ ।
छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, त्रिवि चिकित्सा संस्थानका अनुसन्धान विभागका प्रमुख डा. प्रदीप ज्ञवाली, काठमाडौँ विश्वविद्यालयका प्राडा राजीव श्रेष्ठ, अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिटका नहिदा हक र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का इथिकल रिभ्यु बोर्डका डा. दिप्तेश अर्यालले भाग लिएका थिए । उक्त सामूहिक छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले क्लिनिकल ट्रायलका लागि मापदण्ड बने पनि प्रभावकारी नभएको बताए ।
त्रिवि चिकित्सा संस्थानका अनुसन्धान विभागका प्रमुख डा. प्रदीप ज्ञवालीले क्लिनिकल ट्रायलका लागि अनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोड दिए । अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिटका नहिदा हकले समुदायको स्वीकृतमा मात्र क्लिनिकल ट्रायल गनुपर्ने भन्दै क्लिनिकल ट्रायललाई गलत रुपमा प्रयोग गर्न नहुने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का इथिकल रिभ्यु बोर्डका डा. दिप्तेश अर्यालले क्लिनिकल ट्रायल सम्बन्धि नयाँ मापदण्ड बनेपनि सार्वजनिक नगर्दा मानिसमा गएर क्लिनिकल ट्रायल गर्न समस्या भएको धारणा राखे । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले परिषद्संग अनुमति लिएर गरिएका क्लिनिकल ट्रायल अनुसन्धानको आचारसंिहता अनुसार नै रहेको बताए । यो सत्रको मोडरेसन डा खेमबहादुर कार्कीले गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ : राष्ट्रपति पौडेल
Next article सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web