• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ : राष्ट्रपति पौडेल

April 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ : राष्ट्रपति पौडेल

हेल्थ टुडे,
काठमाडौँ, २८ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु पर्ने बताउका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको १० औं स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको शिखर सम्मेलनको बुधबार राजधानीमा उदघाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले स्वास्थ्य अनुसन्धानमा लागनी बढाउनु पर्ने बताएका हुन ।
राष्ट्रपति पौडेलले भने, ‘ जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रवर्तनलाई प्रोत्साहन गर्न जरुरी छ । ’ पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभुत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको प्राथमिकतालाई कार्यान्वयनमा अनुसन्धान महत्वपूर्ण पाटो भएकोमा जोड दिदै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । पौडेलले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने सहभागी स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरे ।
समारोहमा बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य अनुसन्धानको आधारमा बनेका नीतिहरु दिगो र फलदायी हुने गरेको स्मरण गर्दै स्वास्थ्य मन्त्रालयले आगामी दिनमा पनि स्वास्थ्य अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा नीति बनाउने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले परिषद्ले बिगत ३ दशकदेखि स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्दै आइरहेको स्मरण गर्दै तथ्य र प्रमाणका आधारमा गरिएका अनुसन्धानले सरकारलाई नीति बनाउने सहज हुनेमा जोड दिए । सम्मेलनमा छनौट भएका उत्कृष्ठ ५७ वटा मौखिक प्रस्तुतिकरण गरिने र २६३ वटा पोष्टर प्रदर्शन गरिने जानकारी डा. जोशीले दिए । वित्तिय स्वास्थ्य, उत्तरदायी स्वास्थ्य प्रणाली, वातावरणीय स्वास्थ्य, मानसिक स्वास्थ्य गरि १५ भन्दा बढी बिषयमा विज्ञहरुसँग सामूहिक छलफल गरिने र प्राप्त निकर्ष सरकारलाई बुझाइने सदस्य सचिव जोशीले बताए । परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले स्वास्थ्य अनुसन्धानको दायरा फराकिलो बनाइदै लैजाने बताए । देश र विदेशका अनुसन्धानकर्ता गरि एक हजार भन्दाको सहभागिता रहेको छ । सम्मेलन शुक्रबार समापन हुने छ । सम्मेलनमा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा उत्कृष्ठ काम गर्नेहरुमध्ये १० वटा विधामा अवार्ड प्रदान गरिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा स्वास्थ्य नीति र वित्तिय अवस्थाका बिषयमा बहस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131598
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web