• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ : राष्ट्रपति पौडेल

April 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ : राष्ट्रपति पौडेल

हेल्थ टुडे,
काठमाडौँ, २८ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु पर्ने बताउका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको १० औं स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको शिखर सम्मेलनको बुधबार राजधानीमा उदघाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले स्वास्थ्य अनुसन्धानमा लागनी बढाउनु पर्ने बताएका हुन ।
राष्ट्रपति पौडेलले भने, ‘ जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रवर्तनलाई प्रोत्साहन गर्न जरुरी छ । ’ पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभुत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको प्राथमिकतालाई कार्यान्वयनमा अनुसन्धान महत्वपूर्ण पाटो भएकोमा जोड दिदै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । पौडेलले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने सहभागी स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरे ।
समारोहमा बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य अनुसन्धानको आधारमा बनेका नीतिहरु दिगो र फलदायी हुने गरेको स्मरण गर्दै स्वास्थ्य मन्त्रालयले आगामी दिनमा पनि स्वास्थ्य अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा नीति बनाउने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले परिषद्ले बिगत ३ दशकदेखि स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्दै आइरहेको स्मरण गर्दै तथ्य र प्रमाणका आधारमा गरिएका अनुसन्धानले सरकारलाई नीति बनाउने सहज हुनेमा जोड दिए । सम्मेलनमा छनौट भएका उत्कृष्ठ ५७ वटा मौखिक प्रस्तुतिकरण गरिने र २६३ वटा पोष्टर प्रदर्शन गरिने जानकारी डा. जोशीले दिए । वित्तिय स्वास्थ्य, उत्तरदायी स्वास्थ्य प्रणाली, वातावरणीय स्वास्थ्य, मानसिक स्वास्थ्य गरि १५ भन्दा बढी बिषयमा विज्ञहरुसँग सामूहिक छलफल गरिने र प्राप्त निकर्ष सरकारलाई बुझाइने सदस्य सचिव जोशीले बताए । परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले स्वास्थ्य अनुसन्धानको दायरा फराकिलो बनाइदै लैजाने बताए । देश र विदेशका अनुसन्धानकर्ता गरि एक हजार भन्दाको सहभागिता रहेको छ । सम्मेलन शुक्रबार समापन हुने छ । सम्मेलनमा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा उत्कृष्ठ काम गर्नेहरुमध्ये १० वटा विधामा अवार्ड प्रदान गरिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा स्वास्थ्य नीति र वित्तिय अवस्थाका बिषयमा बहस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web