• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु

April 9th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा धूमपान सेवनका कारण बर्षेनी २७ हजारको मृत्यु


हेल्थ टुडे,

काठमाडौं, २७ चैत : नेपालमा धूमपान सेवनका कारण बर्सेनि २७ हजारको ज्यान जाने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार धूमपान सेवनकै कारण २७ हजार नेपालीले अकालमा ज्यान गुमाइरहेका छन् । नेपालमा तीन जनामध्ये एक जना धूमपानका अम्मली रहेको परिषद्को अध्ययनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि ८० लाख मानिसको मृत्यु धूमपान र सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ ।
त्यसमध्ये ७० लाख प्रत्यक्ष सेवनकर्ता हुन् भने १० लाख भने अम्मलीसँगै बस्नेछन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड—१९ को संक्रमण गम्भीर देखिएको छ । सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुँदा कोभिड—१९ ले उनीहरूको फोक्सोलाई अझै बढी असर पु¥याउने दाबी विश्व स्वास्थ्य संगठनको छ । धूमपान सेवन नसर्ने रोगहरू क्यान्सर, मुटुरोग, दम, खोकी, मधुमेहको कारण रहेको विज्ञहरू बताउँछन् । फोक्सो क्यान्सर रोगविज्ञ डा. अम्बुज कर्णका अनुसार क्यान्सर हुने प्रमुख कारणमध्ये धूमपान हो । त्यसमा पनि फोक्सोको क्यान्सरको ८० प्रतिशत कारण धूमपान र सुर्तीजन्य पदार्थ सेवन रहेको उनको उनको दाबी छ । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानुन ल्याएको धेरै वर्ष भइसके पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकिरहेको छैन । सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत चित्र घातक रोगहरूको राख्ने प्रावधान लागू भए पनि सरकारले ९० प्रतिशत राख्ने कार्यान्वयन हुन सकिरहेको छैन । त्यसैगरी सरकारले कुनै पनि सञ्चारमाध्यममा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको छ । तर विभिन्न बहानामा सुर्ती उद्योगहरूले वालबालिका र युवायुवतीलाई प्रलोभन दिएर अप्रत्यक्ष विज्ञापन गर्ने गरेका छन् । यस्तै किसिममा प्रलोभनबाट युवा पुस्तालाई बचाउन सरकारले विशेष अभियान चाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । खतिवडाले धूमपानको लतमा नफस्न र यसको प्रभावबाट हुने मृत्युलाई न्यून गर्न सबैले आआफ्नो ठाउँबाट योगदान दिन आग्रह गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ : राष्ट्रपति पौडेल
Next article चैत २८ देखि हुने स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web