• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मधुमेहबाट बच्ने पाँचवटा सूत्र

May 20th, 2024 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेहबाट बच्ने पाँचवटा सूत्र


डा. समिर आचार्य,

पछिल्ला वर्षमा मधुमेहको समस्या बढ्दै गएको छ । समयमै यसलाई नियन्त्रण गर्न सकिएन भने यसले हाम्रो शरीरका अन्य अंगहरुलाई क्षति पुर्याउन समय लगाउदैन् । मधुमेहलाई समान्य स्वास्थ्य समस्या ठान्नु हुदैन । खानपान र जिवनशैलीलाई परिवर्तन गनृ सक्यौ भने मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि हामीले ध्यान दिनै पर्ने पाँच वटा सूत्र यस प्रकार रहेका छन ।
१. जीवनशैली परिवर्तन : मोजमस्ती जीवनशैलीलाई मधुमेहले स्वीकार गर्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नै पर्ने हुन्छ । तर यसको मतलव कठोर जीवनशैली अपनाउनुपर्छ भन्ने कदापि होइन । सबैभन्दा ठूलो कुरा मधुमेह रोगलाई सहज र सरल किसिमबाट स्वीकार्नु पर्दछ । विश्वमा करोडौं मानिसहरू मधुमेह रोगबाट ग्रस्त छन्, तर पनि नियमित औषधोपचारलगायतको परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राखी अन्य स्वस्थ मानिसहरू सरह स्वाभाविक जीवन बिताई स्वस्थ र दीर्घजीवी भइरहेको हामीले देखेका छौं । सही र उचित औषधोपचारको उपलब्धताले विवेकी मधुमेहीले यो रोगबाट पूर्ण मुक्ति पाउन असमर्थ भए पनि यसलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सक्दछ । मधुमेही भोजन, योगाभ्यास, सहनशील, सादा जीवन र उच्च विचारको जीवनशैलीले मधुमेह नियन्त्रण गर्न ठूलो सहयोग मिल्नेछ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीको निमित्त अत्यन्त लाभदायिक हुन्छ ।

२.आहार : मधुमेहीहरूले आफ्नो आहारमा विशेष ध्यान दिनु पर्दछ । नियमित निर्धारित समयमा खाना र खाजा खानु पर्दछ । लामो समयसम्म नखाइकन भोको वस्नु हुँदैन । चिनी र चिनी भएका खाद्यान्न जस्तैः चिनी हालेको चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सीकोला आदि । त्यस्तै आइसक्रिम, मह, चकलेट, सक्खर, खुदो, चाकु, जाम आदि खानु हुँदैन । खाना खाँदा एकै चोटि धेरै टन्न नखाई दिनको चार पटक खाना खाने । एक पटक भात र अर्को छाक रोटी खानु वेश हुन्छ ।
३.औषधि सेवन : मधुमेहको किसिमअनुसार चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि उपचार गर्नु पर्दछ । इन्सुलिन इन्जेक्सन लिनु पर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हुँदैन । खाने औषधि जस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन । चिकित्सकसँग नियमित रूपमा परामर्श गर्नु पर्दछ र समय समयमा रगत परीक्षण गराई आवश्यकतानुरूप औषधोपचारलाई निरन्तरता दिनु पर्दछ ।
४. व्यायाम : व्यायाम गर्नाले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमतानुसार हलुका व्यायाम मात्र गर्नु पर्दछ । मौसम अनुसार बिहान ३० देखि ६० मिनेटसम्म नरोकी एकै गतिमा फुर्तिसाथ फटाफट हिँड्नु मधुमेह रोगीको निमित्त अत्यन्त राम्रो व्यायाम मानिन्छ ।
५.नियमित रक्त परीक्षण : नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटवढ छैन भने १५ दिनमा १ देखि २ पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्पतीमा हप्ताको २ पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्दछ ।

मधुमेह मुख्य दुई प्रकार
क) पहिलोः इन्सुलिन इन्जेक्सनमा भर पर्नु पर्ने
ख) दोस्रोःइन्सुलिन इन्जेक्सनमा भर पर्नु नपर्ने
मधुमेहका लक्षणहरू
क)बढी प्यास लाग्नु, (ख) बढी भोक लाग्नु, (ग) धेरै पिसाव लाग्नु, (घ) दुव्लाउँदै जानु, (ङ) बढी थकाइ लाग्नु, (च) घाउ छिटो निको नहुनु, (छ) पैतला पोलिरहनु, (ज) दृष्टिमा अवरोध आउनु, (झ) खुट्टाको पैतालामा ससाना घाउ देखिनु, (झ) पिसाबको नलीमा इन्फेक्सन हुनु ।
मधुमेह कसलाई बढी लाग्ने सम्भावना हुन्छ ?
क)वंशानुगत, (ख) अत्यधिक मोटो व्यक्ति, (ग) शारीरिक परिश्रम नगर्ने, (घ) ४० वर्ष नाघेका, (ङ) उच्च रक्तचाप, (च) मुटु÷मृगौलाका रोगी, (छ) ग्रन्थीहरूको असन्तुलन, (ज) कुपोषित रोगीहरू कतिपय गर्भावस्थामा महिलाहरूलाई र (ञ) जन्मँदा ३.५ किलोभन्दा बढी तौल भएका बच्चाहरूलाई पनि मधुमेह हुने सम्भावना छ ।
के मधुमेहबाट सदाको लागि छुटकारा पाउन सकिन्छ ?
मधुमेहबाट स्थायी रूपमा छुटकारा पाउन सकिँदैन । मधुमेह लागेपछि जीवनभर यसले पछ्याई राख्दछ । तर त्यसको मतलव मधुमेह लागेपछि मधुमेह रोगबाटै मृत्यु हुन्छ भन्ने विल्कुल होइन । मधुमेहलाई तपाईंले सधैं पूर्णरूपमा नियन्त्रणमा राख्न सकिन्छ । माथि उल्लेखित पाँचवटा सूत्रलाई व्यवहारमा उतार्नुहोस् अनि स्वस्थ्य र दीघजीवी हुनुहोस् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्रज्योति संघ सगरमाथा आँखा अस्पतालले फर्कायो १०२ वर्षको उमेरमा आँखाको ज्योति
Next article पोलियो विरुद्वको खोप अभियान जेठ १३ देखि २६ सम्म सञ्चालन हुने

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web