• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएमए चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी २८ र २९ मंसिरमा हुने

October 3rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएमए चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी २८ र २९ मंसिरमा हुने

हेल्थ टुडे,
काठमाडौँ, १६ असोज : नेपाल चिकित्सक संघ (एनएमए)को आयोजनामा हुँदै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको चौथो संस्करण आगामी २८ र २९ मंसिरमा हुने भएको छ । एनएमएले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
एनएमएको वार्षिक इभेन्टको रुपमा आयोजना हुँदै आएको एनएमए नेशनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिइएको महासचिव डा सञ्जीव तिवारीले बताए ।
‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मूल सन्देशसहित यस वर्ष यो दुई दिने सम्मेलन कार्की व्यांकेटमा हुनेछ । एनएमएको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम यो इभेन्टको आयोजना हुन लागेको हो,’ डा. तिवारीले भने ।
डा तिवारीका अनुसार सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको छ।
उक्त कार्यक्रम विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहससहित आयोजना हुन गईरहेको उनले जानकारी दिए।
उक्त सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि उनले जानकारी दिए।
एनएमएका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य अनुसन्धानका विषयलाई उजागर गर्न तथा नीतिगत रुपमा राज्यलाई सुझाव पेश गर्न सम्मेलनले दिशा निर्देश गर्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जहाँ सडक त्यहाँ मधुमेह
Next article प्रसूति गृहमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web