• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

November 24th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय


हेल्थ टुडे,

काठमाडौं, ९ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात मानव अंग दान गर्ने दाताका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । यसअघि परिवारलाई एक लाख दिने गरिएकोेमा बढाएर दुई लाख पुर्याउने निर्णय भएको हो ।
अंगदान गरेका व्यक्तिको परिवारलाई मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख दिइँदै आइएको थियो । परिवारलाई दिइने पैसा थपका लागि अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
यस्तै, अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारमामा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार पुर्याएको छ । मन्त्री पौडेलले पनि मृत्युपश्चत अंगदानको घोषणा गरिसकेका छन् । उनले भनेका छन्, ‘आफ्नो मृत्यपुपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौ । एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’
हाल प्रतिवर्ष मिर्गाैला प्रत्यारोपणका लागि एक हजार र कलेजो प्रत्यारोपणका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम टिपाउने गरेका छन् । तर, मस्तिष्क मृत्युपश्चात अंगदान गर्ने व्यक्ति निकै कम भएकाले हजारौं बिरामी अंगको प्रतिक्षामा छन् ।
विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ ।
भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मिर्गाैला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दिइदै आएको रकम बढाउनु पर्ने भन्दै भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिगत लामो समयदेखि पैरवी गर्दै आइरहेका थिए । नेपालमा पहिलो पकट कलेजो प्रत्यारोपण गर्ने र सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने अंग प्रत्यारोपण सर्जन डा. श्रेष्ठले मृत्युपश्चात् मानव अंग दान गर्न देशका विभिन्न भागमा जनजागरण चलाउदै आएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा पहिलो पटक हुदैछ स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन
Next article मुटुका लागि व्यायाम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132368
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web