• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

November 24th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय


हेल्थ टुडे,

काठमाडौं, ९ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात मानव अंग दान गर्ने दाताका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । यसअघि परिवारलाई एक लाख दिने गरिएकोेमा बढाएर दुई लाख पुर्याउने निर्णय भएको हो ।
अंगदान गरेका व्यक्तिको परिवारलाई मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख दिइँदै आइएको थियो । परिवारलाई दिइने पैसा थपका लागि अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
यस्तै, अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारमामा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार पुर्याएको छ । मन्त्री पौडेलले पनि मृत्युपश्चत अंगदानको घोषणा गरिसकेका छन् । उनले भनेका छन्, ‘आफ्नो मृत्यपुपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौ । एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’
हाल प्रतिवर्ष मिर्गाैला प्रत्यारोपणका लागि एक हजार र कलेजो प्रत्यारोपणका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम टिपाउने गरेका छन् । तर, मस्तिष्क मृत्युपश्चात अंगदान गर्ने व्यक्ति निकै कम भएकाले हजारौं बिरामी अंगको प्रतिक्षामा छन् ।
विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ ।
भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मिर्गाैला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दिइदै आएको रकम बढाउनु पर्ने भन्दै भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिगत लामो समयदेखि पैरवी गर्दै आइरहेका थिए । नेपालमा पहिलो पकट कलेजो प्रत्यारोपण गर्ने र सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने अंग प्रत्यारोपण सर्जन डा. श्रेष्ठले मृत्युपश्चात् मानव अंग दान गर्न देशका विभिन्न भागमा जनजागरण चलाउदै आएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुटुका लागि व्यायाम
Next article नेपालमा पहिलो पटक हुदैछ स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web