• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मंसिर २९ र ३० गते राजधानीमा द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

December 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मंसिर २९ र ३० गते राजधानीमा द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

हेल्थ टुडे,
काठमाडौं, २५ मंसिर : यही मंसिर २९ र ३० गते राजधानीमा द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाइटीहरुको संयुक्त आयोजनामा उक्त सम्मेलन आयोजना हुन लागेको हो । विकाशोन्मुख देशहरुमा अंगदान प्रर्वद्वन गर्नु भन्ने नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा अमेरिका, भारत, जापान, भारत, बेलायत, नेदरल्याण्ड गरि १९ जना विज्ञहरुले २६ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
सम्मेलनका विषयमा जानकारी दिन मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक कमिटि नेपाल प्रत्यारोपण समुदायका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले सम्मेलनमा विभिन्न देशका प्रत्यारोपण विज्ञहरु एकै थलोमा बसेर अनुभव आदान प्रदान गर्ने देखि प्रत्यारोपणको विकासका लागि मन्थन गर्ने भएकाले यसको ठूलो महत्व रहेको बताए । सम्मेलनको बैज्ञानिक समितिका अध्यक्ष डा. ऋषिकुमार काफ्लेले अंग प्रत्यारोपणको क्षेत्रमा काम गर्ने दुई वटा सोसाइटी मिलेर संयुक्त रुपमा सम्मेलन आयोजना गर्न लागिएकोले यसले सकारात्मक सन्देश दिने र सम्मेलन उपलब्धिमूलक हुनेमा जोड दिए ।
आयोजक समितिकी सचिव डा. कल्पना श्रेष्ठले यस किसिमका सम्मेलनबाट प्रत्यारोपणका क्षेत्रमा हामीले गरेका उपलब्धिहरुलाई विदेशसम्म पुर्याउने र विदेशमा भइरहेका प्रविधिका विषयमा हामीले धेरै कुरा सिक्ने मौका मिल्ने बताइन । नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलमा आयोजना हुने सम्मेलनमा करिव ३०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article व्यक्तिलाई पुरानो बस्ती फर्काउन सक्ने किसिमको जनसंख्या नीति बन्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
Next article ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. रिजाललाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134307
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web