• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मस्तिष्कघातको उपचार पनि निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

January 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मस्तिष्कघातको उपचार पनि निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

हेल्थ टुडे,
काठमाडौँ, २३ पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मस्तिष्कघात (स्ट्रोक)को उपचार पनि निःशुल्क हुने बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा उनले ‘स्ट्रोक’को उपचार निशुल्क गर्ने तयारी भएको बताएका हुन् ।
‘हामीले केही दिनमा स्ट्रोकको उपचार निस् शुल्क हुने घोषणा गर्दैछौँ । त्यसको सम्पूर्ण तयारी लगभग पुरा भईसकेको छ,’ मन्त्री पौडेलले भने ।
उनले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार पूर्ण रुपमा निशुल्क हुने गरी ५ वटा अस्पताल तोकिएको र त्यसको कार्यान्वयन सुरु भईसकेको बताए । तर, १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क सम्वन्धी ११ कात्तिकमा भएको मन्त्रीस्तरीय निर्णयमा तीनवटा सरकारी अस्पताल मात्रै उल्लेख थियो । त्यसबेला १ मंसिर २०८१ बाट निशुल्क उपचार हुने अस्पतालहरुमा कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन भनिएको थियो ।
यस्तै उनले सोमबारको कार्यक्रममा जलनको उपचार पनि निःशुल्क सुरु भएको र त्यसका लागि पनि अस्पताल तोकिएको जानकारी दिए । ‘जलनका लागि ठूलो बजेट भार पर्दो रहेनछ, यसवर्ष हामीले मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्था मिलाएका छौँ । अर्को वर्ष बजेटमै समेटने योजना छ,’ उनले भने ।
गत २ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको दुई सहित सातै प्रदेशका एक एक वटा अस्पतालमा जलन उपचार निशुल्क हुने घोषणा गरेको थियो ।
त्यसरी जलन उपचार निशुल्क हुने घोषणा गरिएका अस्पतालहरुमा काठमाडौँको कीर्तिपुर अस्पताल र वीर अस्पताल, कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा रहेका छन् । यस्तै लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल रहेका छन् ।
मन्त्री पौडेलले अङ्ग प्रत्यारोपण सेवालाई थप प्रभावकारी बनाउन मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाबाट अङ्ग लिने र प्रत्यारोपण गर्ने योजनालाई प्राथमिकतामा राखेको बताए । ‘मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारले अङ्गदान गर्न चाह्यो भने सो परिवारलाई प्रोत्साहन स्वरुप दुई लाख रुपैयाँ दिने निर्णय गरेका छौँ । यस्तै त्यसको जानकारी दिने अस्पताल वा ब्रेन डेथ भएको व्यक्ति रहेको अस्पतालाई ७५ हजार रुपैयाँ दिने व्यवस्था मिलाएको छौँ,’ उनले भने ।
यसअघि मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दान गर्न परिवार ईच्छुक हुँदा क्रिया खर्च वापत भन्दै एक लाख रुपैयाँ दिने चलन थियो । त्यसको जानकारी दिने अस्पताललाई ५० हजार रुपैयाँ दिने गरिएको थियो ।
नयाँ नयाँ घोषणा गरे पनि मन्त्री पौडेलले सबै रोगको उपचार यसरी निशुल्क गर्दै जान नसकिने भन्दै योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको विकल्प नभएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सात वटै प्रदेशका विद्यालयमा सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने
Next article कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131596
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web