• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मस्तिष्कघातको उपचार पनि निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

January 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मस्तिष्कघातको उपचार पनि निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

हेल्थ टुडे,
काठमाडौँ, २३ पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मस्तिष्कघात (स्ट्रोक)को उपचार पनि निःशुल्क हुने बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा उनले ‘स्ट्रोक’को उपचार निशुल्क गर्ने तयारी भएको बताएका हुन् ।
‘हामीले केही दिनमा स्ट्रोकको उपचार निस् शुल्क हुने घोषणा गर्दैछौँ । त्यसको सम्पूर्ण तयारी लगभग पुरा भईसकेको छ,’ मन्त्री पौडेलले भने ।
उनले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार पूर्ण रुपमा निशुल्क हुने गरी ५ वटा अस्पताल तोकिएको र त्यसको कार्यान्वयन सुरु भईसकेको बताए । तर, १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क सम्वन्धी ११ कात्तिकमा भएको मन्त्रीस्तरीय निर्णयमा तीनवटा सरकारी अस्पताल मात्रै उल्लेख थियो । त्यसबेला १ मंसिर २०८१ बाट निशुल्क उपचार हुने अस्पतालहरुमा कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन भनिएको थियो ।
यस्तै उनले सोमबारको कार्यक्रममा जलनको उपचार पनि निःशुल्क सुरु भएको र त्यसका लागि पनि अस्पताल तोकिएको जानकारी दिए । ‘जलनका लागि ठूलो बजेट भार पर्दो रहेनछ, यसवर्ष हामीले मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्था मिलाएका छौँ । अर्को वर्ष बजेटमै समेटने योजना छ,’ उनले भने ।
गत २ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको दुई सहित सातै प्रदेशका एक एक वटा अस्पतालमा जलन उपचार निशुल्क हुने घोषणा गरेको थियो ।
त्यसरी जलन उपचार निशुल्क हुने घोषणा गरिएका अस्पतालहरुमा काठमाडौँको कीर्तिपुर अस्पताल र वीर अस्पताल, कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा रहेका छन् । यस्तै लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल रहेका छन् ।
मन्त्री पौडेलले अङ्ग प्रत्यारोपण सेवालाई थप प्रभावकारी बनाउन मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाबाट अङ्ग लिने र प्रत्यारोपण गर्ने योजनालाई प्राथमिकतामा राखेको बताए । ‘मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारले अङ्गदान गर्न चाह्यो भने सो परिवारलाई प्रोत्साहन स्वरुप दुई लाख रुपैयाँ दिने निर्णय गरेका छौँ । यस्तै त्यसको जानकारी दिने अस्पताल वा ब्रेन डेथ भएको व्यक्ति रहेको अस्पतालाई ७५ हजार रुपैयाँ दिने व्यवस्था मिलाएको छौँ,’ उनले भने ।
यसअघि मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दान गर्न परिवार ईच्छुक हुँदा क्रिया खर्च वापत भन्दै एक लाख रुपैयाँ दिने चलन थियो । त्यसको जानकारी दिने अस्पताललाई ५० हजार रुपैयाँ दिने गरिएको थियो ।
नयाँ नयाँ घोषणा गरे पनि मन्त्री पौडेलले सबै रोगको उपचार यसरी निशुल्क गर्दै जान नसकिने भन्दै योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको विकल्प नभएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन
Next article सात वटै प्रदेशका विद्यालयमा सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web