• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन

January 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कांग्रेस प्रचार विभाग प्रमुख  विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन

हेल्थ टुडे,
काठमाडौँ, २३ पुस : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवम् पूर्व उद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरिदिएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराह मन्दिर परिसरमा नेता विश्वकर्माले आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा ’टिका–बखत भवन सामुदायिक भवन’ निर्माण गरेका हुन् । आइतबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको उद्घाटन गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरे । नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ ।
हाल कांग्रेसको केन्द्रीय सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुखसमेत रहेका नेता विश्वकर्माले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखत्बहादुरको सम्झनामा उक्त भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि करिब ६० लाख रुपैयाँ खर्च भएको छ।
बराह क्षेत्र मन्दिरमा आउने भक्तजन्, तीर्थालुसहित स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको नेता विश्वकर्माले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मस्तिष्कघातको उपचार पनि निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
Next article ‘नेत्र ज्योति सम्मान’, नेपाल हेल्थ प्रेसका प्रधान सम्पादक अतुल मिश्रलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132208
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web