• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारसँग ९ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

February 21st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारसँग ९ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

हेल्थ टुडे,
काठमाडौं, ९ फागुन सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले गर्ने भनिएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेले र चिकिच्सकसँघका अधिकारीबिच शुक्रबार मन्त्रालयमा भएको छलफलपछि सरकारले चिकित्सकहरुले उठाएका माग पुरा गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्तगित गरिएको हो ।
सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको थियो ।
संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
शुक्रबारको छलफलबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको ३ महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भे पूरा गरी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने निर्णय भएको छ ।यसका लागि स्वास्थ्य मन्त्रालयबाट प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासनतर्फको उपसचिव र संघको प्रतिनिधि रहने गरी ३ सदस्यीय कार्यदलले एक हप्ता भित्र कार्यविधि तयार गरि पेश गर्ने निर्णय भएको छ ।
यसैगरी इन्टर्नसिप र आवासीय चिकित्सकलाई नेपाल सरकारको प्रचलित नियम अनुसार ड्युटी समय, काम गर्ने वातावरण र सेवा सुविधा, बिदा र स्वस्थ्य कार्यस्थलको सुनिश्चितता लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई पत्राचार गर्ने निर्णय भएको संघका महासचिव डा. संजिव तिवारीले बताए ।
अस्पताल, स्वास्थ्य संस्थामा कार्यरत सबै चिकित्सकहरुलाई शतप्रतिशत जोखिम भत्ता प्रदान गर्न ३ महिना भित्र आवश्यक कानुन तर्जुमा गर्ने, चिकित्सा सेवा आयोगको गठन गर्ने कार्यलाई समेत प्रस्तावित चिकित्सक ऐन समावेश गरी ३ महिना भित्र स्वीकृतिको लागि पेश गर्ने लगायतका निर्णय भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य पत्रकार जोशीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार
Next article नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको पाँच सदस्य पदमा नियुक्ती

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133387
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

60
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

48
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web