• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा.सिंहको विदाई

February 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा.सिंहको विदाई


हेल्थ टुडे,

काठमाडौं, ११ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह सेवा निवृत भएका छन् । विशिष्ठ श्रेणीमा पाँच वर्ष सेवा गरेपछि कानून अनुसार दुबै जना सेवा निवृत भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार मन्त्रालयमा विदाई कार्यक्रमको आयोजना गरि दुबै जनालाई हार्दिकताका साथ विदाई गरेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. पोखरेल र डा. सिंह आफ्नालागि अभिभावक जस्तै भएको स्मरण गर्दै भविश्यमा पनि स्वास्थ्य सुधारका लागि दुबै जनालाई आफु सल्लाहकार मानेर काम गर्ने बताए । सेवा निवृत स्वास्थ्य सचिव डा. पोखरेलले सचिव भएर काम गर्न पाउनु आफ्नो लागि शौभाग्य भएको बताउदै भविश्यमा परे आवश्यक परे मन्त्रालयललाई सहयोग गर्न तयार रहेको बताए । विसं २०५९ मा स्वास्थ्य सेवा प्रवेश गरेका पोखरेल विसं २०७८ साल साउन ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त भएका थिए । साडे ३ वर्ष सचिव भएका पोखरेलले ८ जना स्वास्थ्य मन्त्री र ३ जना प्रधानमन्त्रीसँग काम गरेको र सबैबाट सहयोग मिलेको बताए ।
आजैदेखि सेवा निवृत भएका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले पनि जिम्मेवारीमा रहदा मन्त्रालयका सबै अधिकारी र कर्मचारीबाट सहयोग पाएको स्मरण गर्दै पदमा रहदा इमान्दारिताका साथ काम गरेको सुनाए । डा. सिंहले स्वास्थ्य सेवा विभागको महानिर्देशकको पनि जिम्मेवारी कुशलताका साथ सम्हालेका थिए । कायृक्रमममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सचिव हरि मैनाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकाश देवकोटा लगायतले उपहार सहित माला लगाएर सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा. सिंहको विदाई गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट
Next article कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131591
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web