हेल्थ टुडे,
काठमाडौं, २७ फागुन : वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् । वीर अस्पतालको नयाँ निर्देशकका लागि डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरिएको थियो । सोही अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई निर्देशक नियुक्त गरेका हुन ।
डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री केपी ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । डा. शर्माले आजैदेखि कार्यभार सम्हाल्ने र वीर अस्पतालको सेवा सुधारमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।
वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि निर्देशक पद रिक्त थियो । वीर अस्पतालका निर्देशकको कार्यकाल २ वर्षको हुन्छ ।
Leave a Reply