• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

April 24th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

हेल्थ टुडे,

काठमाडौँ ११ बैशाख : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बिहीबार स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा केन्द्रले वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरुको लागि निःशुल्क ओ.पि.डि. क्लिनिक सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त ओपिडी क्लिनिकको उद्घाटन गरे । यसका साथै केन्द्रले २४ घण्टा परामर्श सेवा पनि सञ्चालन गरेको छ ।
समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले वैदेशिक रोजगारीमा जाने नेपालीले आफ्नो अंग फेल हुनबाट बचाउन आवश्यक सल्लाह केन्द्रबाट पाउन सक्ने बताए । उनले नेपालमा मात्र नभइ वैदेशिक रोजगार गएको अवस्थामा आफ्नो स्वास्थ्य सम्बन्धि सेवाको परार्मश सहज होस भन्नको लागि टोल फ्रि कल वा सोसियल मिडियाको प्रयोग गरि विदेशवाट समेत परार्मश लिन सक्ने व्यवस्था मिलाइएको बताए ।
उनले यो सेवा श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरिएको समेत जानकारी दिए । उनले वैदेशीक रोजगारवाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रुपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओ पि. डि सेवा प्रारम्भ गरिएको बताए ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु अंग फेल हुने समस्या बढी देखिएको भन्दै उनले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरीर बचाउनको लागि यो अभियान सुरु गरिएको जानकारी दिए ।
उक्त कार्यको लागि मोबाइल नं ९७६३४९०९०० मा ह्वाट्स एप र भाईबर सहितको सेवा चौविसै घण्टा उपलब्ध गराइएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले अंग प्रत्षरोपणका क्षेत्रमा गरेको प्रगतिका विषयमा जानकारी गराउदै देशका विभिन्न भागमा मिर्गौला प्रत्यारोपण सेवा विस्तारमा एक पछि अर्को गर्दै सफलता पाउन थालेकोमा खुशी व्यक्त गरे । सरकारले नीति र योजना अनुसार केन्द्रले काम गरिेरहेको बताउदै डा. श्रेष्ठले भौतिक संरचनाको अभावमा काम गर्नु पर्दा आवश्यकता अनुसार सेवा विस्तार गर्न नसकिएको गुनासो गरे । केन्द्रले अहिलेसम्म १४ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरेको भने दुई दर्जनभन्दा बढीको कलेजो प्रत्यारोपण गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री
Next article एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133114
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web