हृल्थ टुडे,
काठमाडौ, ११ चैत : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौ दीक्षान्त समारोह सम्पन्न भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा समारोह सम्पन्न भएको हो । समारोहमा २०८० असार÷साउन देखि २०८१ वैशाख÷जेठ सम्ममा उत्तीर्ण स्नातकोत्तर र स्नातक तहका विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका प्रमुख दुई अस्पताल वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरसहित सम्बन्धन प्राप्त विभिन्न अस्पतालका विद्यार्थीहरू दीक्षित भएका हुन् ।
स्नातकोत्तरतर्फ डीएम, एमडी, एमएस, एमडीएस, एमएन, एमएसी एमआइटीका विद्यार्थी दीक्षित भएका हुन् । त्यस्तै स्नातकतर्फ बीएनएस (क्रिटिकल केयर नर्सिङ), बीएमएस (मिडवाइफेरी साइन्सेस), बीएस्सी एमआईटी र ब्याचलर अफ अप्टोमेट्री एन्ड भिजन साइन्सका विद्यार्थी दीक्षित भएका हुन् ।
उत्तीर्ण विद्यार्थीहरूलाई सहकुलपतिसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले विद्यार्थीहरूलाई प्रतिज्ञा गराउनुभएको थियो । कार्यक्रममा न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत, रेक्टर डा. लाृेचन कार्की, रजिस्टार डा. ज्ञानेन्द्र शाह लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
न्याम्सको पाँचौँ दीक्षान्तमा दीक्षित समारोह सम्पन्न

Leave a Reply