• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी

April 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा  चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी

हेल्थ टुडे,

काठमाडौँ, २१ चैत : सर्बोच्च अदालतले चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) तहको सिट घटाएर म्याचिङ अघि बढाउने चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
चिकित्सा शिक्षा आयोगले सुरु गरेको अपूर्ण सिटको पीजी म्याचिङ रोक्न माग गर्दै डा सुजन न्यौपाने सहित १४ जना विद्यार्थीले बुधबार सर्बोच्चमा रिट दायर गरेका थिए । सो रिट माथि आज सुनुवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै म्याचिङ सम्वन्धी कार्य रोक्न अन्तरिम आदेश माग गरेको विषयलाई थप छलफल गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्चले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न आगामी २६ चैतका दिन दुबै पक्षलाई बोलाएको छ ।
निजी मेडिकल तथा डेन्टल कलेजसंगहरुको टकराव पछि आयोगले उनीहरुलाई दिने भनिएको सिट संख्या घटाएर ६७० मा झारेको छ । आयोगले गत १४ चैतबाट सोही घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको छ ।
यसअघि आयोगले १७ औँ बैठकले थप गरेको २३१ सहित ५ फागुनमा यस शैक्षिक सत्रका लागि भन्दै एक हजार ४९६ सिट तोकिएको बताएको थियो । बढेको सिट पछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थीहरु आयोगको पछिल्लो निर्णयले स्तव्ध भएको बताएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग सम्वोधन नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । उनीहरुले नै बुधबार सर्बोच्चमा रिट दायर गरेका हुन् ।
‘गत १३ मंसिरमा आयोगले सिट संख्या नतोकी एमडीरएमएसर एमडीएसको प्रवेश परीक्षाको लागि सूचना जारी गरेको थियो । आयोगको यो कदम गलत थियो । हामीले सर्बोच्च अदालतमा सिट खुलाउन रिट दायर ग¥यौँ, त्यसपछि आयोगले सर्बोच्चलाई एक हजार ३४१ सिट सिट भएको विवरण पठायो । हामीले त्यसलाई आधार मानेर २६ माघमा परीक्षामा सहभागी भयौँ । पछि १७ औँ बैठकले सिट संख्या अझ बृद्धि ग¥यो र १ हजार ४९६ पु¥यायो । हामी थप खुशी भयौँ तर गत १४ चैतमा घटाएर ६७० मा झारियो । यसले त ८०० भन्दा बढी परीक्षार्थी पढाईबाट बन्चित हुने देखियो । यो हामीप्रतिको सबैभन्दा ठूलो अन्याय हो । तसर्थ हामी यसको बिरोधमा उत्रिएका हौँ,’ परीक्षार्थी डा. अभिषेककुमार झाले भने ।
अर्का परीक्षार्थी डा. अनिलकुमार साहले पीजी पढ्ने आशामा रहेका प्रवेश परीक्षा उत्तीर्ण डाक्टरहरुलाई स्तव्ध पार्ने गरी आयोगको कदम अघि बढेको भन्दै उनले चिकित्सा शिक्षासंग सम्वद्ध व्यक्ति समूह तथा संस्थाहरुले यस कदमको विरोध गर्नुपर्ने बताए । उनले आयोगको यो निर्णयले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने अधिकार बन्चित गर्न खोजिएको आरोप लगाए । डा. साहले अब २६ चैतका लागि पेशी तोकिएको भन्दै त्यसबाट आउने निर्णय अनुसार आवश्यक कदम चालिने बताए

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
Next article रेविकाको उपचारकोलागि कोटेश्वर क्याम्पसद्वारा ३५ हजार रुपैया सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web