• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 25th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

पदमराज जोशी,
भक्तपुर, ११ जेठ : संसारकै सबैभन्दा दुर्लभ र जटिल शल्यक्रियामध्ये पर्ने मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफल प्रत्यारोपण गरेर नेपाली चिकित्सकहरुले वाहवाह पाएका छन् । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको नेपाली चिकित्सक टीमले सफल ताका साथ उक्त प्रत्यारोपण गरेका हुन । केन्द्रले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि औपचारिक जानकारी गराएको हो । यो सफलता नेपालका लागि पहिलो र विश्वमै दुर्लभ भएको डा. श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मकवानपुरका ५१ वर्षीय शिव महर्जनमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको डा. श्रेष्ठले अंग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्यलाभ गरिरहेका छन् । उनीहरू केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको डा.श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेर काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत १८ वर्षीय पुरुषबाट मस्तिष्क मृत्यु भएपछि उनीबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । काठमाडौं मेडिकल कलेजको टिमले अंग झिकेको थियो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रत्यारोपण जेठ १ गते देखि सुरु गरेर चार दिन सम्म लागेको थियो । प्रत्यारोपणमा डा. पुकारका अलावा डा. कल्पना श्रेष्ठ, डा. रोसन घिमिरे, डा. दिपेश श्रेष्ठ, डा. सुरेश महर्जन, डा. विजय केसी, डा. कृष्ण बुढाथोकी सहितका चिकित्सकको सहयोग रहेको थियो ।
मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएका मकवानपुरका ५१ वर्षीय शिव महर्जनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनले पत्रकार सम्मेलनमा भिडियो मार्फत पत्रकारहरुसँग कुराकानी गरेका थिए । केन्द्रका निर्देशक डा. पुकार सहितका चिकित्सकहरुको अथक प्रयासले आफुले नयाँ जिवन पाएको शिवले बताएका छन् । केन्द्रले वि.सं. २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको थियो । नेपाली टोलीबाट नेपालकै पहिलो कलेजो प्रत्यारोपण डा. पुकारको नेतृत्वमा २०७५ कार्तिक १२ गते भएको थियो । हालसम्म सबैभन्दा धेरै ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रकी नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठले टीम वर्कले मात्र यस्तो दुर्लभ प्रत्यारोपण संभव भएको बताइन । केन्द्रमा अहिलेसम्म १४ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि... ’ सार्वजनिक
Next article भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web