• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

June 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर


हेल्थ टुडे,

काठमाडौँ, १६ जेठ : उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्ने क्रममा सुर्तीजन्य पदार्थमा भन्सार, अन्तशुल्क तथा स्वास्थ्य जोखिम करमा सामान्य बृद्धि गरेको बताएका थिए । तर, सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यमा क्रियाशिल संघ संस्था तथा व्यक्तिले सुर्तीमा कर बृद्धि भन्ने बाक्यले झनै निराशा तुल्याएको बताएका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रियाशील संस्था एक्सन नेपालका बरिष्ठ अनुसन्धान अधिकृत डा. पामिर गौतमले यसपटक पनि सुर्तीजन्य पदार्थमा करको दर बढ्न नसकेको बताए । हेर्दा न्युन रुपमा बढेको देखिन्छ । तर यसलाई मुद्रास्फितिसंग जोडेर हेर्दा बढेको भन्न सकिदैन ।उनले फिल्टर नभएको चुरोट प्रति एम १००० मा ३ प्रतिशत, अर्को ७० एमएम सम्मको लम्बाई भएकोमा पनि ३ प्रतिशत र त्यो भन्दा बढी ७५ एमएम सम्म लम्बाई भएकोमा पनि ३ प्रतिशत मात्रै बढेको देखिए पनि मुद्रास्फितिसंग जोडेर हेर्दा थपिन गाह्रो हुने बताए ।
सुर्ती नियन्त्रणमा क्रियाशील अर्को संस्था नेपाल विकास अनुसन्धान प्रतिष्ठानले पनि बिहीबारको बजेटलाई जनस्वास्थ्यमा होइन सुर्ती उद्योगको पक्षमा सरकार, करमा आना बढाएर उद्योगको माना भर्ने बजेट भन्दै व्यङ्य प्रस्तुत गरेको छ । प्रतिष्ठानका सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम संयोजक डा. जयकुमार गुरुङले बजेटले सरकारलाई सुर्ती उद्योगको प्रभावमा राखेको प्रष्ट देखिएको बताए । उनले जनस्वास्थ्य मानव अधिकार र बातावरणीय न्यायलाई वेवास्ता गर्दै चुरोट उद्योगलाई फाइदा हुने गरी निर्णय गर्नु राष्ट्रघाती भएको बताए । उनले आर्थिक विधेयकको अध्ययन् गर्दा कर बृद्धि नाम मात्रको रहेको देखिन्छ भन्दै केवल ३ देखि ५ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गरे । डा. गुरुङले जनकपुर चुरोट कारखाना पुनर्जिवित गर्ने संकेत बजेटमा देखिएको भन्दै चिन्ता व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीका अनुसार नेपालमा सुर्तीजन्य पदार्थमा करको दर हाल ३४.५३ प्रतिशत मात्रै रहेको छ ।नेपालको यो दर दक्षिण एशियाली देशहरु मध्ये सबै भन्दा कम हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सुर्तीजन्य पदार्थमा करको दर कम्तिमा ७५ प्रतिशत पु¥याउँन सुझाव दिदै आएको छ । उसको सुझाव अनुसार नै यसपटक पनि स्वास्थ्य मन्त्रालयले करको दर ७५ प्रतिशत पु¥याउँन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध
Next article नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132525
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web