• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

June 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर


हेल्थ टुडे,

काठमाडौँ, १६ जेठ : उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्ने क्रममा सुर्तीजन्य पदार्थमा भन्सार, अन्तशुल्क तथा स्वास्थ्य जोखिम करमा सामान्य बृद्धि गरेको बताएका थिए । तर, सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यमा क्रियाशिल संघ संस्था तथा व्यक्तिले सुर्तीमा कर बृद्धि भन्ने बाक्यले झनै निराशा तुल्याएको बताएका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रियाशील संस्था एक्सन नेपालका बरिष्ठ अनुसन्धान अधिकृत डा. पामिर गौतमले यसपटक पनि सुर्तीजन्य पदार्थमा करको दर बढ्न नसकेको बताए । हेर्दा न्युन रुपमा बढेको देखिन्छ । तर यसलाई मुद्रास्फितिसंग जोडेर हेर्दा बढेको भन्न सकिदैन ।उनले फिल्टर नभएको चुरोट प्रति एम १००० मा ३ प्रतिशत, अर्को ७० एमएम सम्मको लम्बाई भएकोमा पनि ३ प्रतिशत र त्यो भन्दा बढी ७५ एमएम सम्म लम्बाई भएकोमा पनि ३ प्रतिशत मात्रै बढेको देखिए पनि मुद्रास्फितिसंग जोडेर हेर्दा थपिन गाह्रो हुने बताए ।
सुर्ती नियन्त्रणमा क्रियाशील अर्को संस्था नेपाल विकास अनुसन्धान प्रतिष्ठानले पनि बिहीबारको बजेटलाई जनस्वास्थ्यमा होइन सुर्ती उद्योगको पक्षमा सरकार, करमा आना बढाएर उद्योगको माना भर्ने बजेट भन्दै व्यङ्य प्रस्तुत गरेको छ । प्रतिष्ठानका सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम संयोजक डा. जयकुमार गुरुङले बजेटले सरकारलाई सुर्ती उद्योगको प्रभावमा राखेको प्रष्ट देखिएको बताए । उनले जनस्वास्थ्य मानव अधिकार र बातावरणीय न्यायलाई वेवास्ता गर्दै चुरोट उद्योगलाई फाइदा हुने गरी निर्णय गर्नु राष्ट्रघाती भएको बताए । उनले आर्थिक विधेयकको अध्ययन् गर्दा कर बृद्धि नाम मात्रको रहेको देखिन्छ भन्दै केवल ३ देखि ५ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गरे । डा. गुरुङले जनकपुर चुरोट कारखाना पुनर्जिवित गर्ने संकेत बजेटमा देखिएको भन्दै चिन्ता व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीका अनुसार नेपालमा सुर्तीजन्य पदार्थमा करको दर हाल ३४.५३ प्रतिशत मात्रै रहेको छ ।नेपालको यो दर दक्षिण एशियाली देशहरु मध्ये सबै भन्दा कम हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सुर्तीजन्य पदार्थमा करको दर कम्तिमा ७५ प्रतिशत पु¥याउँन सुझाव दिदै आएको छ । उसको सुझाव अनुसार नै यसपटक पनि स्वास्थ्य मन्त्रालयले करको दर ७५ प्रतिशत पु¥याउँन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131584
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web