• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग

October 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग

हेल्थ टुडे,
काठमाडौ,१६ असोजः नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग रहेको पछिल्लो एक अनुसन्धानले देखाएको छ । भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले गत वर्ष अर्थात सन् २०१८ को अप्रिल महिनामा गरेको अनुसान्धनले नेपालमा हुने मृत्युदरको ३० प्रतिशत हृदय तथा मुटुजन्य रोगका कारण हुने गरेको देखाएको छ । नेपालजस्ता अल्पविकसित मात्र नभई विकशित देशहरुमा समेत मुटु रोगको समस्या बढ्दो रहेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विश्वभर नै हृदय तथा मुटुजन्य रोगको समस्या बढ्दै गएको भन्दै व्यस्त जीवनशैली, अस्वस्थकर खानपान, सरसफाई, शारीरिक व्यायमको कमीले गर्दा मानिसहरुमा यस्ता समस्या बढ्दै गइरहेका बताए । यस प्रकारका रोग नियन्त्रणको लागि मानिसहरुमा चेतना फैलाउन अति आवश्यक भएको मन्त्री यादवको भनाई छ ।

मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले भनेः‘ दुई तिहाई मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । कार्डियोभास्कुलर डिजिजको प्रमुख कारण भनेकै उच्च रक्तचाप हो ।’  मानिसहरुले पछिल्लो समय सबैभन्दा धेरै केमिकलयुक्त खाने कुराहरुको प्रयोग गरिरहेको र यसले गर्दा मानिसहरु दिन प्रतिदिन रोगी बन्दै गइरहेका चिकित्सकहरुको भनाई छ ।

उनीहरुले पछिल्लो समय धेरै जसो युवाहरु नै हृदयघातको शिकार हुने गरेको जनाएका छन् । नेपालमा हृदयरोग एक महामारीको रूपमा बढ्दै गइरहेको तर ८० प्रतिशत मुटु सम्बन्धी रोगहरू हामी आफैले रोक्न सक्ने विज्ञहरुको जिकिर छ ।

हृदयरोगका मुख्य कारक तत्व भनेकै सुर्तीजन्य पदार्थ, मदिरापान, पत्रु खाना, पेय पदार्थ सेवन, निष्क्रिय शारीरिक क्रियाकलाप र मानसिक तनाव हुन् । सुर्तीजन्य तथा मदिरापानको कुलतमा फसेका व्यक्तिहरु यस्ता कुलतबाट उम्कन गाह्रो हुने गरेको चिकित्सकको भनाई छ ।

मुटु तथा नसर्ने रोगबाट बच्नका लागि प्रर्याप्त मात्रामा फलफूल खानुका साथै खानामा नुनको मात्र कम गर्न र व्यायाममा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा
Next article फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web