• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरियो

October 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरियो

हेल्थ टुडे,
काठमाडौ,१४ कात्तिकः अस्वस्थ भएर धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका प्रधानमन्त्री केपीशर्मा ओलीको रगतमा हानिकारक तत्व क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । शरीरको एन्टिबडिज हटाउन प्लाज्मा फेरेसिस र हेमोडायलाइसिस गरेभन्दा यो फरक तरिका भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको सबै रिपोर्ट आइसकेपछि डायलाइसिस गर्नुपर्ने वा नपर्ने यकिन हुने चिकित्सकको भनाइ छ । प्रधानमन्त्रीको अनुहार र शरीरका केही भागमा स्वायलिङ (सुन्निने) समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । बुधबार ज्वरोसमेत बढेको थियो । विगतमा पनि प्रधानमन्त्री ओलीमा कहिलेकाहीँ यस्तो समस्या देखिँदै आएको थियो । अस्पतालले भने विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जनाएको छ ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि आज बिहानसम्म डिस्चार्ज गरिने जनाएको छ । दसैँअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नियमित स्वास्थ्य परीक्षण गरेकोमा प्रधानमन्त्री यसपटक सहजताका लागि ग्रान्डी गएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई धपेडी नगर्न र भिडभाडबाट टाढै रहन चिकित्सकहरूले सुझाब दिँदै आएका छन्  ।

१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि गत साउन र भदौमा प्रधानमन्त्री केपी ओलीले सिंगापुरमा उपचार गराएका थिए । १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री ओली त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर २७ साउनमा फर्किएका थिए । त्यसको १० दिनपछि ५ भदौमा उनी फेरि सिंगापुर गएका थिए । त्यतिखेर ‘प्लाज्मा फेरेसिस’ गरेर उनी २० भदौमा स्वदेश फर्किएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौ उपत्यकामा रगत अभाव,बिरामी समस्यामा
Next article स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता ल्याउने तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web