• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जित्ने दाबी सहित डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले जारी गर्यो चुनावी घोषणा पत्र

December 20th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जित्ने दाबी सहित डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले जारी गर्यो चुनावी घोषणा पत्र

हेल्थ टुडे,
काठमाडौं, ४ पुष : नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक तथा पेसागत समूहले ५ बुदे प्रतिवद्धता सहित चुनावी घोषणापत्र जारी गरेको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै डा.कार्की नेतृत्वको समूहले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । चिकित्सकहरुको पेशागत सुरक्षा र वृतिविकाश, गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा, राष्ट्रिय नीति, योजना निर्माणमा योगदान र अन्तर्राष्ट्रिय सम्बन्ध, सरकारी नीजि साझेदारी र संघको संस्थागत विकास तथा सांगठनिक पुनः संरचना पुरा गर्ने बाचा सहित ५ बुदे प्रतिवद्धता सहित समूहले घोषणापत्र जारी गरेको हो ।
घोषणापत्र सार्वजनिकिकरण कार्यक्रममा डा. कार्कीले संघको महासचिव भएर चिकित्सकहरुको पेसागत सुधारका लागि गर्नु पर्ने धेरै काम गरेको र केही काम गर्न बाकी रहेकाले ती काम पुरा गर्न आफ्नो नेतृत्वलाई आम चिकित्सकहरुले स्विकार्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल चिकित्सक संघको महासचिव भएर तीन वर्ष काम गर्दा मैले आमचिकित्सक र चिकित्सा पेसाका समस्या चिनिसकेको छु । तिनीहरुमध्ये धेरै समस्या हल पनि भइसकेका छन । बाकी रहेका समस्या समाधान गर्न सक्षम रहेकाले सबै चिकित्सकहरुको सहयोगको उपेक्षा गरेको छु । ’
बिसं २००७ सालमा स्थापना भएको नेपाल चिकित्सक संघको गरिमा र छविलाई जोगाइराख्न आफू नेतृत्वको समूह सक्षम रहेको डा. कार्कीले बताए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित १३ सदस्यिय संघको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक तथा पेशागत समूहले मात्र १३ वटै पदमा उम्मेदवारी दिएको जानकारी गराउदै आफ्नो टिम समावेशी, सक्षम र अनुभवी भएको दावी डा. कार्कीले गरे । चिकित्सक र स्वास्थ्य संस्थाहरुमाथि हुने आकर्मण गर्नेलाई बिना धरौटी कारवाही गर्नु पर्ने बिषयलाई मन्त्रीपरिषद्सम्म पुर्याउन सफल भएको, चिकित्सकहरुको सेवा र सुविधाको कुरा टुंगोसम्म पुर्याएको, नेपाल चिकित्सक संघको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, भवन निर्माण, युवा चिकित्सकहरुको दक्षता अभिवृदि लगायतका बिषयमा संघको वर्तमान नेतृत्वले सफलता पाएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए । कार्यक्रममा महासचिवका उम्मेवदार डा. बद्री रिजालले महासचिवमा ४ जना उम्मेदवार भएकाले आफ्नो जित सहज भएको बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. शिवप्रसाद श्रेष्ठ, कोषाध्यक्षका उम्मेदवार डा. प्रकाश बुढाथोकी, सदस्यका उम्मेदवार डा. विश्वराज दवाडी, डा. बिक्रान्त दाहाल, डा. रितेश थापा लगायतको उपस्थिति थियो ।
चिकित्सक संघको नयाँ नेतृत्वका लागि आउदो माघ ४ र ५ गते उपत्यका बाहिर र माघ १७ देखि २१ गतेसम्म उपत्यकामा निर्वाचन हुदैछ ।
निर्वाचनमा चिकित्सकहरु लोकतान्त्रिक समूह र प्रगतिशिल गरि मुख्य गरि दुई प्यानल चुनावी मैदानमा ओर्लिएका छन् । यसका अलावा महासहिव लगायत केही पदमा स्वतन्त्र उम्मेवदारी पनि परेको छ । लोकतान्त्रिक तथा पेशागत समूहले डा. कार्कीको नेतृत्वमा प्यानल घोषणा गरेको छ भने प्रगतिशिल समूहले डा. पुष्पमणी खरालको नेतृत्वमा प्यानल घोषणा गरेको छ । तर प्रगतिशिलले आफ्नो पुरै प्यानल घोषणा गर्न सकेको छैन । संघको १३ सदस्यिय नेतृत्वका लागि ३० जना चुनावी मैदानमा उत्रिएका छन । नेपाल मेडिकल काउन्सिलमा करिव २५ हजार चिकित्सक दर्ता छन । ती मध्ये ११ हजार नेपाल चिकित्सक संघको सदस्य छन । संघको इतिहासमा अहिलेसम्म लोकतान्त्रिक समूहले जित हासिल गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि र फुडसप्लिमेन्ट फरक फरक चिज हुन
Next article डाक्टरहरु चुनावी दौडमा , पेशागत समावेशी चिकित्सक समूहको ८ बुदे प्रतिबद्घता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132374
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web