हेल्थ टुडे,
काठमाडौं,१० पुस: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको विहीबार विहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि दुई दिन अगाडि उनलाई त्रिबि शिक्षण अस्पातलमा भर्ना गरिएको थियो । अस्पतालका श्रोतका अनुसार मल्टिपल अर्गान फेलियर भएर उनको निधन भएको हो ।
श्रेष्ठले शिक्षा र स्थानीय विकास मन्त्रालयमा सचिवको जिम्मेवारी समेत सम्हालेका थिए । स्वास्थ्य मन्त्रालयमा सचिवका रुपमा उनले दुई वर्ष बिताएका थिए ।
Leave a Reply