• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ राजधानीमा सुरु, महतोले गरे उद्घाटन

December 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ राजधानीमा सुरु, महतोले गरे उद्घाटन

हेल्थ टुडे,
काठमाडौं, ११ पुस : दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ शुक्रबारदेखि राजधानीको याक एण्ड यति होटेल दरवारमार्गमा सुरु भएको छ । दुई दिनसम्म चल्ने समिटको नेपाल मेडिकसिटी हस्पिटलका अध्यक्ष उपेन्द्र महतोले रिवन काटेर उद्घाटन गरेका हुन । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स र नेपाल मिडिकल टुरिजम अर्गनाइजेसनको संयुक्त आयोजनामा समिट सुरु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै महतोले नेपालको स्वास्थ्य सेवाको विकास प्रतिस्पर्धाले नभएर सहकार्य र सुमन्वयले मात्र संभव भएको बताए । स्वदेशी र विदशी स्वास्थ्य सेवा प्रदायकहरुलाई एक ठाउँमा ल्याएर सहकार्यको सुरुवात हुनु समिटको सफलता भएकोमा महतोले जोड दिए । नेपालमा स्वास्थ्य पर्यटनका प्रसस्त संभावना भएको औल्याउदै उनले यी अवसरहरुलाई खेर जान दिनु नहुने बताए ।
नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका अध्यक्ष कृष्ण पाण्डेले नेपालको स्वास्थ्य सेवालाई विदेशमा समेत प्रचारप्रसार गरेर स्वास्थ्य पर्यटनको विकास गर्न समिट आयोजना गरिएको बताए । वीर अस्पतालका पूर्व निर्देशक डा. बुलन्द थापाले यस किसिमका समिटमा स्वास्थ्य क्षेत्रमा स्वदेशी र विदेशी अनुभव आदानप्रदान हुने भएकाले अझ प्रभावकारी हुने बताए ।
नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका प्रवन्ध निर्देशक अर्जुन चन्दले नेपाल सरकारले मनाउन लागिरहेको नेपाल भ्रमण वर्ष २०२० लाई समिटले ठूलो सकारात्मक प्रभाव पार्नेमा जोड दिए । स्वास्थ्य पर्यटनका लागि नेपाल सरकारले पनि पहल गर्नु पर्ने आवश्यक रहेको चन्दले बताए । समिटमा स्वदेशी र विदेशी गरि दुई करिव तीन दर्जन अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुले स्टल राखेर जानकारी गराइरहेका छन । स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुले शनिबार करिव दुई दर्जन कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । चन्दका अनुसार शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि समिटमा भाग लिने छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व स्वास्थ्य सचिव श्रेष्ठ रहेनन्
Next article जहाँ सडक त्यहाँ मधुमेह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132210
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web