• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

जहाँ सडक त्यहाँ मधुमेह

December 27th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जहाँ सडक त्यहाँ मधुमेह

डा. ज्योति भट्टराई,
मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौ । कोचीकोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामीमध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । आफ्नो सजिलोका लागि केटाकेटीलाई जडफुडमै टार्ने गर्छौ । खाजा भनेकै चाउचाउ, कुरकुरे, लेजजस्तै तयारी खानेकुरालाई ठान्छौं ।
स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौं । यही अनियन्त्रित खानापानले मोटोपन बढिरहेको छ । सहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारीसाधनमा यात्रा गर्दा देख्न सकिन्छ, तीन जनाको सिटमा तीनजना अटाउनै मुस्किल परिरहेको हुन्छ । यही मोटोपनले उच्च रक्तचाप, श्वासप्रश्वास, मुटु, मिर्गौला रोग मात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा, के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहिलेपहिले झाडापाखाला, हैजाजस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो । अहिले ठीक उल्टो हुन थालेको छ । सरुवा भन्दा नसर्ने रोगको संक्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महँगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्यप्रति सचेत हुनु बपर्छ । विरामी भएपछि डाक्टर छँदैछन वा अस्पताल छँदैछन्नि भन्ने धारणा पालेर बस्नु हुँदैन । रोग लाग्न नदिन हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नै पर्छ ।
यदि जीवनशैली परिवर्तन गर्न सकेनौं भने जतिबेला पनि ठूलठूला रोगको संक्रमण गर्ने निश्चित छ । जीवनशैली परिवर्तन गर्नुपर्ने तरिका धेरै छन् । तीमध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो । थोरै भात खाऔं । दुई मुठी चामलको भातभन्दा बढी नखाऔं । त्यसमा पनि सकभर सेतो चामल कम गरांै । भातसँग दाल, सागसब्जी र सलाद खाऔ । एकै पटक धेरै खानुको सट्टा तीन— तीन घण्टाको फरकफरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तीमा चार लिटर पिऔं । मधुमेहबाट बच्न यही खानुपर्छ भन्ने छैन । थोरै थोरै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफूल खाने, पानी बढी पिउने, दैनिक शारीरिक अभ्यास गर्नुगर्छ । जडफुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँजहाँ सडक पुगेको छ, त्यहा मधुमेहका बिरामी बढी देखिन थालेका छन् । त्यसको एउटै कारण हो जडफुड । जहाँ सडक त्यहाँ मधुमेह छ अहिले । सहर नहुन्जेल मानिसहरू स्थानीय बजारमा गएर सागपात, तरकारी, फलफूल बेच्दथे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ ।
सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामीण जीवनशैली बदलिदिएको छ । बाटो पुग्यो कित्यहाँ सबैभन्दा पहिले जङफुड पुग्छ । चाउचाउ, कुरकुरे, मुरमुरे पुग्छ । त्यही खान थाल्छन् बालबालिका ।फलफूल बेच्ने पसलेहरू अहिले जडफुड बेच्न थालेका छन् । स्थानीयवासी सागपात खान छोडेर तयारी वस्तु खान थालेका छन् । जसको परिणामस्वरूप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढिरहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन् । सहरमा पाइने अधिकांश तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ । विषादी हालेको तरकारी खाने मानिसमा दुई गुना मधुमेह हुने सम्भावना हुन्छ । मधुमेहका विषयमा सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पूर्ण जानकार छैनन् । उनीहरूलाई मधुमेहसम्बन्धी तालिम दिनुपर्छ । स्कुल वरिपरि तयारी खाना बेच्न प्रतिबन्ध लगाउनुपर्छ ।
मधुमेह सबै उमेरसमूहमा देखिएको छ । युवाअवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समयपहिले धरानमा गरेको एक अध्ययनमा २० वर्ष उमेरसमूहका ७.५प्र तिशतमा मधुमेहको समस्या देखिएको छ । राजधानीमा त यो संख्या त्योभन्दा धेरै बढी छ । काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिशत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालसहित दक्षिण पूर्वी एसियाका मधुमेहको संक्रमण चार प्रतिशतबाट वृद्धि भएर ८.५ प्रतिशत पुगेको छ । दक्षिणपूर्वी एसियामा रगतमा अत्यधिक चिनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरूजस्तै मिर्गौलाले काम नगर्ने, मुटुसम्बन्धी रोग र क्षयरोग छन् । मधुमेहको समयमै उपचार नगराउँदा जटिल समस्या आउँछन् । यसले आखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेहसहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्न जरुरी छ । (डा. भट्टराई इन्डोक्रानोलोजिस्ट एन्ड डाइबेटिज विशेषज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँचौ एपी क्याट सम्मेलन आउदो मंसिर १६ देखि १८ सम्म चितवनमा हुने
Next article दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ राजधानीमा सुरु, महतोले गरे उद्घाटन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web