• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाँचौ एपी क्याट सम्मेलन आउदो मंसिर १६ देखि १८ सम्म चितवनमा हुने

December 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाँचौ एपी क्याट सम्मेलन आउदो मंसिर १६ देखि १८ सम्म चितवनमा हुने

हेल्थ टुडे,
चितवन, १३ पुस : सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घ एसिया प्रशान्त क्षेत्रका नगरहरुको दबाब समूह ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन्कम्युनिकेबल डिजिज’ (एपी क्याट) को पाँचौ सम्मेलन चितवनको भरतपुरमा आउदो २०७७ मंसिर १६ देखि १८ (२०२० डिसेम्बर १ देखि ३ ) सम्म हुने भएको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको अध्यक्षतामा आईतबार महानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको एपी क्याटको पाँचौ सम्मेलनको मिति घोषणा गरेर सूर्तिजन्य पदार्थ मुक्त भरतपुर बनाउने अभियानलाई पनि सँगै लैजाने बिषयमा प्रतिवद्धता व्यक्त गरेको छ ।
बैठकमा बोल्दै भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पाँचौ एपी क्याट सम्मेलन भरतपुरले आयोजना गर्नु पाउनु ठूलो अवसर भएको बताउदै यसलाई सफल बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भरतपुरलाई चिनाउनु पाउनु यसको उपलब्धी हुनेमा जोड दिइन । ‘ क्लिन, ग्रिन र हेल्दी’ भरतपुर भन्ने महानगरपाकिलाले अगाडि सारेको अभियानलाई सम्मेलनले थप उचाईमा पुर्याउने उनले दावी गरिन । सूर्तिजन्य पदार्थ रहित भरतपुर बनाउनमा ठूलो सहयोग हुने यो सम्मेलनलाई सफल बनाउन महानगरपालिकाले कुनै कसर बाकी नराख्ने उनले बताइन । बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नतिजा आउने गरि एक वर्षमा महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा काम गर्ने कार्यक्रम अगाडि बढाउने बताए । चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सूरक्षाका दृष्टिले सम्मेलन गर्न कुनै समस्या नभएको जानकारी दिए ।
द युनियन एशिया प्रसान्त क्षेत्रका उपमहानिर्देशक डा. तारासिंह बमले वास्तविक जनतालाई स्वस्थ्य बनाउने र स्वास्थ्य सेवा प्रदान गर्ने कार्य स्थानिय निकायले गर्ने भएकाले एशिया प्यासिफिक क्षेत्रका देशका विभिन्न नगरहरुका मेयरहरुबिचको अनभुव आदानप्रदान गर्ने साझा प्रतिबद्धता व्यक्त गरि सूर्तिजन्य पदार्थ रहित नगरहरु बनाउन यो अभियान अगाडि बढेको बताए । देशको विकासका लागि उद्योगहरु आवश्यक रहे पनि जनतालाई रोगी र मृत्युको मुखमा पुर््याउने धूमपान र मध्यपनका उद्योग बन्द हुनु पर्नेमा डा. बलमे जोड दिए । सम्मेलन हुनु भन्दा पहिले नै सुर्तीजन्य पदार्थ मुक्त भरतपुर बनाउनु पर्नेमा डा. बमको जोड थियो ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सम्मेलनमा एकसय पचास बिदेशी र दुईसय जति स्वदेशी गरि साडे तिनसयभन्दा बढी मेयर, सांसद, अभियन्ता, र सरकारी तथा गैरसरकारी अधिकारीले भाग लिने भएकाले पूर्व तयारी आवश्यक रहेकोमा जोड दिए । एपी क्याटमा अहिले १२ देशका ४० वटा नगरहरु सदस्य छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कानून साखाका उपसचिव पुस्करराज नेपालले सूर्तीजन्य पदार्थ मुक्त भरतपुर बनाउन सकियो भने यो देशकै नमुना महानगर हुने भएकाले यसमा महानगरले चालेको पहलले सार्थकता पाउनु पर्ने बताए । नगरबासी अस्वस्थ भएपछि सुखी नेपाली हुन नसक्ने दावी गर्दै जनता सुखी हुनका लागि महानगरले स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्नु पर्ने नेपालले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ सम्पन्न
Next article जहाँ सडक त्यहाँ मधुमेह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web