हेल्थ टुडे,
काठमाडौं, ६ बैसाख : काठमाडौं स्थित टेकु अस्पतालबाट कोराना जितेर १९ बर्षिय प्रसिद्धि श्रेष्ठ घर फर्केकै दिन धौगागिरी अञ्चल अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेकी बाग्ल्ङकी ६५ वर्षिया महिलाले पनि कोरोना भाइरससँगको लडाई जितेकी छन । उनलाई पनि अस्पतालले आजै डिस्चार्ज गरि घर पठाएको छ । उनको अन्तिम दुई पटक कोरोना भाइरस परिक्षण गर्दा नेजिटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
धौलागिरी अस्पतालका निर्देशक डा शैलेन्द्र पोखरेलले दुई पटककै रिपोर्ट नेजिटिभ आएकाले ती महिलालाई तिन हप्तापछि डिस्चार्ज गरिएको जानकारी दिए । दुई साता होम क्वारेन्टटाइनमा बस्ने र नियमित सेवन गर्दै आएको दम तथा प्रेसरको औषधि प्रयोग गर्ने सल्लाहमा उनलाई डिस्चार्ज गरिएको डा. पोखरेलले बताए । केही समस्या भए फोन सम्पर्क गर्न अस्पतालले सुझाव दिएको छ । ६५ वर्षिया महिला बेल्जियम हुँदै चैत ४ गते नेपाल आएकी हुन ।
Leave a Reply