• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाएका डाक्टर जान मानेनन्

April 25th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाएका डाक्टर जान मानेनन्

हेल्थ टुडे,
धनगढी, १३ बैसाख : बिगत एक वर्षदेखि चिकित्सक बिहीन रहेको सुदूरपश्चिमको बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाएका डाक्टरले जान मानेका छैनन् । बाजुरा जिल्ला अस्पतालमा कार्यरत छात्रवृतिका चिकित्सक डा. राजुराज जैशीले खटाएको ठाउँमा नगएर अटेर गरेका हुन । कोरोना भाइरसको संक्रमणका बेला आइसोलेसन वार्ड समेत भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाएका चिकित्सकले समेत अटेर गरेपछि स्वास्थ्य प्रणाली र सेवामूलक भनिएको चिकित्सा पेसामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको गुनासो आएपछि र कोरोना उपचारका लागि आइसोलेसन वार्ड समेत निर्माण गरिसकेको अवस्थामा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले कोरोना भाइरसको त्रास नसकुन्जेलसम्मका लागि मात्र जना चिकित्सकलाई काजमा पठाइदिन जिल्ला स्वास्थ्य कार्यालय बाजुरालाई पत्राचार गरेका थिए । बाजुरा अस्पतालले नाम नै तोकेर पत्रकार गर्न आग्रह गरेपछि डा.अवस्थीले बाजुरामा कार्यरत छात्रवृतिका डाक्टर राजुराज जैशीलाई कोरोनाको त्रासका बेलासम्म मात्र कामकाज गर्ने गरि एक हप्ता अगाडि काजमा कोल्टी जान पत्र काटेका थिए । तर डा. जैशीले आफुसँग सल्लाह नै नगरि काजमा पठाउने पत्र पठाएकोले कोल्टी जान अस्विकार गरेका थिए । डा. जैशीले भने, ‘ मसंग सल्लाह नै नगरि एकैपटक कोल्टी जाने भन्न पत्र आयो । लकडाउनका कारण तत्काल सवारी साधन नचलेकाले जान सकेन । ’ सरकारी छात्रवृतिमा अध्ययनरत डाक्टरले कम्तिमा पनि दुई वर्ष दुर्गममा काम गर्नै पर्ने सरकारी नियम छ । तर डा. जैशीले भने आफूले एक वर्ष दुर्गममा काम गरिसकेको हुनाले अर्को एक वर्ष सुगममा जान पाउनु पर्ने जिकीर गरेका छन् । आफुले पठाएको पत्रको बेवास्ता गरि डा.जैशी कोल्टी नगएपछि बैसाख १२ गते डा. अवस्थीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पत्र लेखेर कोल्टीमा तत्काल चिकित्सकको व्यवस्था गरिदिन आग्रह गरेका छन । उनले मन्त्रीलाई आफ्नो निर्देशन अटेर गरेर खटाएको ठाउँमा चिकित्सकले जान नमानेकाले अहिलेको बिषम परिस्थितिलाई ध्यानमा राख्दै तत्काल कोल्टीमा चिकित्सकको व्यवस्था गर्न आग्रह गरेका छन । कुनै चिकित्सक जान नमाने आफुलाई कोल्टी पठाउन आग्रह गरेका छन् । उनले मन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्रको अन्तमा भनेका छन, ‘तत्काल चिकित्सकको व्यवस्थापन हुन नसकेमा मलाई नै उक्त स्थानमा काम काज गर्नको लागि खटाई दिन अनुरोध छ । ’

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत (आठौं तह )को मात्र दरबन्दी छ । डा. अवस्थी एघारौ तहका निर्देशक हुन । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बाजुराका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा डाक्टरहरु र स्वास्थ्यकर्मी खटाउने जिम्मा प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयको भएकोले स्वास्थ्य सेवा विभागले यसमा केही गर्न नसक्ने बताए । महानिर्देशक श्रेष्ठले भने, ‘केन्द्रिय अस्पताल बाहेक जिल्ला भित्रका अस्पतालहरुमा कुन चिकित्सक र स्वास्थ्यकर्मी कहाँ पठाउने र कसलाई पठाउने भन्ने सबै अधिकार प्रदेश सरकार स्वास्थ्य निर्देशनालयलाई छ । यो समस्याको समाधान उतै गर्नु पर्छ । ’
विवाद साम्य पार्न आफू कोल्टी जाने मनस्थितिमा पुगेको अवस्थामा डा. अवस्थीले स्वास्थ्य मन्त्रीलाई पत्र लेखेर आफैलाई कोल्टी पठाउन आग्रह गरेपछि आफु अलमलमा परेको डा. जैशीले बताए । उनले भने, ‘ सबैको सल्लाहमा म जान तयार हुदै थिए । अहिले निर्देशकले मन्त्रीलाई पत्र लेखेर आफैलाई पठाइदिन भने पछि म कसरी जाने ? ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा काठमाडौं ल्याएकोमा चिकित्सक संघको विरोध, दोषीलाई कडा कारवाहीको माग
Next article उदयपुरमा मात्र २ हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web