महेश श्रेष्ठ,
ढुंगेयुगमा मानिससँग आजको जस्तो प्रशस्त खानेकुरा हुँदैनथ्यो । न त उनीहरूसँग खानेकुरालाई भण्डारण गरेर राख्ने विधि नै थिए । त्यस्तै दैनिक रूपमा सिकार गरेर वा खोजेर खानेकुराको जोहो गर्नु सजिलो काम थिएन । यस्तो अवस्थामा तिनीहरूले खानेकुरा हुँदा प्रशस्त खाने र नहुँदा लामै समय भोक्कै बस्ने गर्दथे । हजारौं वर्षसम्मको यसरी खाने व्यवहारका कारण मानिसको शरीर सोही अवस्था अनुकूल रूपान्तरित हुँदै आयो ।
हिजोआज खानेकुरा सर्वसुलभ हुँदै गर्दा मानिसले आफ्नो शरीरको विज्ञानलाई नबुझेर दिनको तीन पटक खाने गर्छन् । तर केही लामो समय शरीरलाई खानाबाट वञ्चित गरेमा शरीरिक र मानसिक रूपमा निक्कै नै फाइदा पुग्ने अनुसन्धानहरूले देखाएका छन् ।
हाम्रो शरीरमा नयाँ कोषिका बन्ने र पुरानो कोषिका मर्ने कुरा निरन्तर भइरहेको हुन्छ । कोषिका काम नलाग्ने भएपछि शरीरमा जम्मा हुँदै जान्छ । यसरी काम नलाग्ने कोषिका (अर्थात् प्रोटिन) थुप्रिदै जाँदा त्यसमा निरन्तरको परिवर्तन हुँदै जान्छ । यस्तो परिवर्तनले शरीरको तन्तु र अंगहरूमा असर पु¥याएर कमजोर पार्दै समयसँगै तिनलाई नाजुक अवस्थामा पु¥याउने (डिजेनेरेटिभ डिजिज् लाग्छ) हुन्छ । ‘अल्जाइमर’ र क्यान्सरजस्ता विस्तारै विकसित हुने रोगहरूलाई ‘डिजेनेरेटिभ डिजिज’ भनिन्छ । ‘एम्लोइड बेटा’ वा ‘ताउ प्रोटिन’ थुप्रिएर मस्तिष्कले राम्रोसँग काम गर्न नसक्ने भई ‘अल्जाइमर’ रोग देखिने हो । शरीरमा थुपिँ्रदै जाने प्रोटिन शरीरलाई हानि पु¥याउने ब्याक्टेरयाको खाना हो । यसरी हानि पु¥याउने ब्याक्टेरियाको खाना थुपिँ्रदै जादा शरीरलाई नोक्सानी पु¥याउने ब्याक्टेरियाहरूले एउटा निश्चित स्थानमा शरीरलाई उपयोग हुने ब्याक्टेरिया विस्थापित गरेर, आफ्नो समाज निर्माण गरेर दिनप्रतिदिन आफ्नो संख्या बढाउँदै लगेर, शरीरको सम्बन्धित भागलाई काम नलाग्ने बनाउनु भनेकै क्यान्सर हुने हो ।
लामो समय उपवास बसेमा यस्ता स्वस्थ्य समस्याहरूबाट बच्ने मात्रै नभई, अन्य थुप्रै फाइदाहरू हुन्छन् । बोसो गलेर तौलमा कमी आउनु, नयाँ तन्तुको उत्पादन भई मांसपेशी कसिलो र मजबुत बन्नु, डायबेटिज र मुटुसम्बन्धी रोगहरूको जोखिममा कमी आउनु, पाचन शक्तिमा वृद्धि हुनु, युवा अवस्था लम्बिनु, आयु बढ्नुलगायतका फाइदा हुन्छ । लामो उपवासले शरीरमा कसरी फाइदा पु¥याउँछ भन्ने जान्नु ‘अटोफिजी’ प्रक्रियालाई बुझ्नु जरुरी हुन्छ । ‘अटोफिजी’ प्रक्रिया के हो ? भन्ने प्रसंगमा जानु अगाडि लामो उपवास कसरी बस्ने भन्ने कुराका बारेमा हेरौं ।
लामो समयको उपवासको अवधि एक हप्ता, दुई हप्ता, तीन हप्ता कति लामो गर्नुपर्ने हो भन्ने सन्दर्भ स्वयंमा निर्भर रहन्छ । तर जति लामो उति राम्रो । तथापि आफ्नो स्वस्थ्यमा प्रतिकूल हुने गरी उपवास बस्नु हँुदैन । उपवास बस्ने मानिसले आपूmलाई असहज महसुस भएमा रोक्नुपर्छ ।
केही मानिसले सहज रूपमै प्रथम प्रयासमै लामो उपवास बस्न सक्छन् । कसैकसैले प्रथम प्रयासमै लामो उपवास बस्न असहज महसुस गर्छन् । यस्तो अवस्थामा भने प्रारम्भमा हप्तामा लगातार, दुई दिनको उपवास केही पटकका लागि बस्ने । विस्तारै आफ्नो क्षमता वद्धि हुँदै गएपछि आधा, एक, दुई हप्ता गरेर अवधि बढाउन सकिन्छ । कति लामो अवधिको उपवास बसेको हो त्यसको आधारमा वर्षमा कति पटक उपवास बस्ने भन्ने कुरा निर्धारण गर्नुहोस् । स्वस्थ्य जीवनका लागि वर्षमा २–३ पटक १० दिनको उपवास बस्न सकिन्छ । सो अवधिभन्दा लामो उपवास बस्नेले उपवासको संख्या घटाउन सक्छ । आधा हप्ता वा एक हप्ताभन्दा कम समयको उपवास मात्रै बस्ने मानिसले आपूmखुसी महिना वा दुई महिनामा एक पटक गर्दा हुन्छ । लामो उपवास वर्षमा कति पटक गर्ने र कति दिनको गर्ने त्यस्तो केही विशेष नियम छैन ।
यस्तो उपवासको दौरानमा पानी, चिनी नहालेको फिक्का चिया वा कफी मात्रै खाएर बस्नु निक्कै नै राम्रो हो । तथापि लोग्नेमानिसले ६ सय र स्वास्नी मानिसले पाँच सय क्यालोरी बराबरको सलाद, फलपूmल वा फलपूmलको जुस दैनिक रूपमा सेवन गर्नु पर्छ । कमजोरी भएमा हड्डीको सुप खानु राम्रो हुन्छ । हड्डीको सुप बनाउँदा मात्राअनुसार आधा एक चम्चा भेनेगर राखेर बनाउनु राम्रो हुन्छ । भेनेगरले हड्डीमा भएको पोषण तत्व निकाल्न मद्दत गर्छ । लामो उपवासको दौरान देखिन सक्ने समस्या भनेको मस्तिष्कमा चिल्लो पदार्थ पर्याप्त नपुग्नु हो । हाम्रो मस्तिष्कको ६०% भाग चिल्लो पदार्थले बनेको हुन्छ । मस्तिष्कमा चिल्लो नपुगेको अवस्थामा रिंगाटा लाग्ने, आँखा अगाडि अँध्यारो छाउने, कमजोर महसुस हुने जस्ता समस्या देखिन सक्छन् । यस्तो अवस्था हड्डीको सुप खानुपर्छ । तर हड्डीको सुप खान नचहानेले वा शाकाहारीहरूले आवश्यकताअनुसार एभोगार्डो अथवा एक देखि दुई चम्चा चिनी नभएको शुद्ध क्रिम खानुपर्छ । तर कार्बोहाइड्रेड, प्रोटिन, तारेको खानेकुरा र चिनी भने पटक्कै खानु हुँदेन । निक्कै थोरै मात्रामा मात्रै पनि ‘लुसिन’ नामको ‘एमिनो एसिड’ हाम्रो शरीरमा छिरेमा ‘अटोफिजी’ प्रक्रियामा अवरूद्धता आउनाले उपवासबाट फाइदा मिल्ने क्रममा अवरुद्धता आउँछ । ‘एमिनो एसिड’ प्रोटिनयुक्त खानेकुरामा पाइन्छ ।
यो विषयमा अनुसन्धान जारी नै छ, यसै सन्दर्भमा केही मानिसहरूले कमजोरी भएको, मुड ठीक नभएको, निद्रामा समस्या भएको जस्ता गुनासो पनि गरेको पाइएको छ । एक हप्ताभन्दा कमको सन्दर्भमा आफ्नै पहलमा उपवास गर्ने मिल्छ । त्योभन्दा लामो किसिमको उपवासको सन्दर्भमा चिकित्सक वा विज्ञसँग परामर्श लिनु राम्रो हो । ग्यासट्रिक, डायबेटिजजस्ता रोग लागेका मानिसले डाक्टरको सल्लाहमा उपवास बस्नु राम्रो हो । तर धेरै अध्ययनहरूले क्यान्सरको सुरुआती चरणलगायत थुप्रै रोगहरू लागेका मानिसले लामो उपवास बस्दा रोगहरू निको हुने गरेको पाइएको छ ।
Leave a Reply