• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘स्वस्थ जीवनको आधार, औषधि होइन उपवास’

June 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘स्वस्थ जीवनको आधार, औषधि होइन उपवास’

महेश श्रेष्ठ,
ढुंगेयुगमा मानिससँग आजको जस्तो प्रशस्त खानेकुरा हुँदैनथ्यो । न त उनीहरूसँग खानेकुरालाई भण्डारण गरेर राख्ने विधि नै थिए । त्यस्तै दैनिक रूपमा सिकार गरेर वा खोजेर खानेकुराको जोहो गर्नु सजिलो काम थिएन । यस्तो अवस्थामा तिनीहरूले खानेकुरा हुँदा प्रशस्त खाने र नहुँदा लामै समय भोक्कै बस्ने गर्दथे । हजारौं वर्षसम्मको यसरी खाने व्यवहारका कारण मानिसको शरीर सोही अवस्था अनुकूल रूपान्तरित हुँदै आयो ।
हिजोआज खानेकुरा सर्वसुलभ हुँदै गर्दा मानिसले आफ्नो शरीरको विज्ञानलाई नबुझेर दिनको तीन पटक खाने गर्छन् । तर केही लामो समय शरीरलाई खानाबाट वञ्चित गरेमा शरीरिक र मानसिक रूपमा निक्कै नै फाइदा पुग्ने अनुसन्धानहरूले देखाएका छन् ।
हाम्रो शरीरमा नयाँ कोषिका बन्ने र पुरानो कोषिका मर्ने कुरा निरन्तर भइरहेको हुन्छ । कोषिका काम नलाग्ने भएपछि शरीरमा जम्मा हुँदै जान्छ । यसरी काम नलाग्ने कोषिका (अर्थात् प्रोटिन) थुप्रिदै जाँदा त्यसमा निरन्तरको परिवर्तन हुँदै जान्छ । यस्तो परिवर्तनले शरीरको तन्तु र अंगहरूमा असर पु¥याएर कमजोर पार्दै समयसँगै तिनलाई नाजुक अवस्थामा पु¥याउने (डिजेनेरेटिभ डिजिज् लाग्छ) हुन्छ । ‘अल्जाइमर’ र क्यान्सरजस्ता विस्तारै विकसित हुने रोगहरूलाई ‘डिजेनेरेटिभ डिजिज’ भनिन्छ । ‘एम्लोइड बेटा’ वा ‘ताउ प्रोटिन’ थुप्रिएर मस्तिष्कले राम्रोसँग काम गर्न नसक्ने भई ‘अल्जाइमर’ रोग देखिने हो । शरीरमा थुपिँ्रदै जाने प्रोटिन शरीरलाई हानि पु¥याउने ब्याक्टेरयाको खाना हो । यसरी हानि पु¥याउने ब्याक्टेरियाको खाना थुपिँ्रदै जादा शरीरलाई नोक्सानी पु¥याउने ब्याक्टेरियाहरूले एउटा निश्चित स्थानमा शरीरलाई उपयोग हुने ब्याक्टेरिया विस्थापित गरेर, आफ्नो समाज निर्माण गरेर दिनप्रतिदिन आफ्नो संख्या बढाउँदै लगेर, शरीरको सम्बन्धित भागलाई काम नलाग्ने बनाउनु भनेकै क्यान्सर हुने हो ।
लामो समय उपवास बसेमा यस्ता स्वस्थ्य समस्याहरूबाट बच्ने मात्रै नभई, अन्य थुप्रै फाइदाहरू हुन्छन् । बोसो गलेर तौलमा कमी आउनु, नयाँ तन्तुको उत्पादन भई मांसपेशी कसिलो र मजबुत बन्नु, डायबेटिज र मुटुसम्बन्धी रोगहरूको जोखिममा कमी आउनु, पाचन शक्तिमा वृद्धि हुनु, युवा अवस्था लम्बिनु, आयु बढ्नुलगायतका फाइदा हुन्छ । लामो उपवासले शरीरमा कसरी फाइदा पु¥याउँछ भन्ने जान्नु ‘अटोफिजी’ प्रक्रियालाई बुझ्नु जरुरी हुन्छ । ‘अटोफिजी’ प्रक्रिया के हो ? भन्ने प्रसंगमा जानु अगाडि लामो उपवास कसरी बस्ने भन्ने कुराका बारेमा हेरौं ।
लामो समयको उपवासको अवधि एक हप्ता, दुई हप्ता, तीन हप्ता कति लामो गर्नुपर्ने हो भन्ने सन्दर्भ स्वयंमा निर्भर रहन्छ । तर जति लामो उति राम्रो । तथापि आफ्नो स्वस्थ्यमा प्रतिकूल हुने गरी उपवास बस्नु हँुदैन । उपवास बस्ने मानिसले आपूmलाई असहज महसुस भएमा रोक्नुपर्छ ।
केही मानिसले सहज रूपमै प्रथम प्रयासमै लामो उपवास बस्न सक्छन् । कसैकसैले प्रथम प्रयासमै लामो उपवास बस्न असहज महसुस गर्छन् । यस्तो अवस्थामा भने प्रारम्भमा हप्तामा लगातार, दुई दिनको उपवास केही पटकका लागि बस्ने । विस्तारै आफ्नो क्षमता वद्धि हुँदै गएपछि आधा, एक, दुई हप्ता गरेर अवधि बढाउन सकिन्छ । कति लामो अवधिको उपवास बसेको हो त्यसको आधारमा वर्षमा कति पटक उपवास बस्ने भन्ने कुरा निर्धारण गर्नुहोस् । स्वस्थ्य जीवनका लागि वर्षमा २–३ पटक १० दिनको उपवास बस्न सकिन्छ । सो अवधिभन्दा लामो उपवास बस्नेले उपवासको संख्या घटाउन सक्छ । आधा हप्ता वा एक हप्ताभन्दा कम समयको उपवास मात्रै बस्ने मानिसले आपूmखुसी महिना वा दुई महिनामा एक पटक गर्दा हुन्छ । लामो उपवास वर्षमा कति पटक गर्ने र कति दिनको गर्ने त्यस्तो केही विशेष नियम छैन ।
यस्तो उपवासको दौरानमा पानी, चिनी नहालेको फिक्का चिया वा कफी मात्रै खाएर बस्नु निक्कै नै राम्रो हो । तथापि लोग्नेमानिसले ६ सय र स्वास्नी मानिसले पाँच सय क्यालोरी बराबरको सलाद, फलपूmल वा फलपूmलको जुस दैनिक रूपमा सेवन गर्नु पर्छ । कमजोरी भएमा हड्डीको सुप खानु राम्रो हुन्छ । हड्डीको सुप बनाउँदा मात्राअनुसार आधा एक चम्चा भेनेगर राखेर बनाउनु राम्रो हुन्छ । भेनेगरले हड्डीमा भएको पोषण तत्व निकाल्न मद्दत गर्छ । लामो उपवासको दौरान देखिन सक्ने समस्या भनेको मस्तिष्कमा चिल्लो पदार्थ पर्याप्त नपुग्नु हो । हाम्रो मस्तिष्कको ६०% भाग चिल्लो पदार्थले बनेको हुन्छ । मस्तिष्कमा चिल्लो नपुगेको अवस्थामा रिंगाटा लाग्ने, आँखा अगाडि अँध्यारो छाउने, कमजोर महसुस हुने जस्ता समस्या देखिन सक्छन् । यस्तो अवस्था हड्डीको सुप खानुपर्छ । तर हड्डीको सुप खान नचहानेले वा शाकाहारीहरूले आवश्यकताअनुसार एभोगार्डो अथवा एक देखि दुई चम्चा चिनी नभएको शुद्ध क्रिम खानुपर्छ । तर कार्बोहाइड्रेड, प्रोटिन, तारेको खानेकुरा र चिनी भने पटक्कै खानु हुँदेन । निक्कै थोरै मात्रामा मात्रै पनि ‘लुसिन’ नामको ‘एमिनो एसिड’ हाम्रो शरीरमा छिरेमा ‘अटोफिजी’ प्रक्रियामा अवरूद्धता आउनाले उपवासबाट फाइदा मिल्ने क्रममा अवरुद्धता आउँछ । ‘एमिनो एसिड’ प्रोटिनयुक्त खानेकुरामा पाइन्छ ।
यो विषयमा अनुसन्धान जारी नै छ, यसै सन्दर्भमा केही मानिसहरूले कमजोरी भएको, मुड ठीक नभएको, निद्रामा समस्या भएको जस्ता गुनासो पनि गरेको पाइएको छ । एक हप्ताभन्दा कमको सन्दर्भमा आफ्नै पहलमा उपवास गर्ने मिल्छ । त्योभन्दा लामो किसिमको उपवासको सन्दर्भमा चिकित्सक वा विज्ञसँग परामर्श लिनु राम्रो हो । ग्यासट्रिक, डायबेटिजजस्ता रोग लागेका मानिसले डाक्टरको सल्लाहमा उपवास बस्नु राम्रो हो । तर धेरै अध्ययनहरूले क्यान्सरको सुरुआती चरणलगायत थुप्रै रोगहरू लागेका मानिसले लामो उपवास बस्दा रोगहरू निको हुने गरेको पाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश नम्बर ५ मा सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा बढी
Next article महिलाको स्वास्थ्यभन्दा छोरो जन्मनु ठूलो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web