• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन शुरु, मन्त्री ढकालले गरे सम्मेलनको उद्घाटन

July 7th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन शुरु,  मन्त्री  ढकालले गरे सम्मेलनको उद्घाटन

हेल्थ टुडे,

काठमाडौँ, २२ असार :  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौ भर्चुअल  शिखर सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजना भएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका हुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सभाहलमा सुरु भएको सम्मेलनमा स्वास्थ्य मन्त्री ढकाल, परिषद्का अध्यक्ष प्रा. डा. अन्जनीकुमार झा, कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवाली, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र केही वरिष्ठ चिकित्सक सहित अनुसन्धानकर्ताको उपस्थिति रहेको थियो । कोरोना भाइरसको संक्रमण र लकडाउनको बेला सम्मेलन आयोजना गरिएकोले  सम्मेलनमा बैज्ञानिक तथा सहभागीहरुको उपस्थिति भर्चुअल रुपमा रहेको थियो । परिषद्को आफ्नो स्थापना दिवसको अवसर पारेर अप्रेल १० देखि १२ सम्म हरेक वर्ष आयोजना गर्दै आइरहेको सम्मेलन यो वर्ष कोरोना भाइरसको कारण स्थगित गरिएको थियो । स्वास्थ्य क्षेत्रमा भएका नयाँ नयाँ अनुसन्धानलाई जनसमक्ष ल्याउनु महत्वपूर्ण भएकाले भर्चुअल भए पनि सम्मेलन गर्ने सल्लाह भएपछि सम्मेलन आयोजना गरिएको परिषद्ले जनाएको छ ।

सम्मेलन उदघाटनका अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले परिषदले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरी प्रथमिकताका आधारमा रहेर ती क्षेत्रहरुमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनिय भूमिका खेलेको बताए । उनले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालयल सदैव तत्पर रहने आश्वासन दिए ।

उद्घाटन सत्रमा स्वास्थ्य राज्यमन्त्री नवराज रावत, परिषद्का अध्यक्ष प्रा. डा अञ्जनीकुमार झा, उपाध्यक्ष डा भोजराज अधिकारी, कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवाली, डव्लुएचओका नेपाल प्रमुख डा जोश भ्यान्डिलियर लगायतले बोलेका थिए ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ८६ वटा जनस्वास्थ्यका विषयमा अनुसन्धान प्रस्तुत गर्ने परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले जानकारी दिए । ती मध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । यसका साथै १० वटा आमन्त्रित प्रस्तुतीकरण समेत रहने छ । सम्मेलनको उद्घाटन  सत्रको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । परिषदको फेसबुक पेज र जुम सफ्टवेरमा माध्यमबाट आम सर्वसाधारण तथा सरोकारवाल समक्ष पु¥याइएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य अनुसन्धान परिषद्ले गर्यो कोरोना अस्पतालहरुको तयारी र तत्परता सम्बन्धी अध्ययन, २० अस्पतालमा मात्र आईसियू
Next article सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आकस्मिकबाहेक सबै सेवा बन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133178
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web