हेल्थ टुडे,
काठमाडौं, १८ साउन : विश्व स्वास्थ्य संगठनको बैठकले यो लामो समयसम्म रहने निष्कर्ष निकालेको छ । कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ महिनापछि बसेको संघको बैठकले महामारी लामो समयसम्म रहिरहने दावी गरेको हो ।
बैठकपछि संगठन प्रमुख डा. टेड्रोस घेब्रेयेससले कोरोना महामारी लामो समयसम्म रहने देखिएको बताए । सगठनले यसै वर्ष जनवरी ३० मा कोरोनालाई महामारी घोषणा गरेको थियो । यो अवधिदेखि हालसम्मको अवस्था मूल्यांकनका लागि गत शुक्रबार विश्व स्वास्थ्य संगठनको आपतकालीन बैठक बसेको थियो ।
कमिटिले यो भाइरसका कारण आएको महामारी अब पनि कायमै रहेको निष्कर्ष निकालेको छ । डा. घेब्रेयेससले अझै पनि यसको खतरा कायम रहेको बताए ।
धेरै देशलाई लागेको हुनसक्छ कोरोनाको खराब समय आएर गयो तर त्यहाँ दोस्रो लहर देख्न थालिएको छ ’ उनले भने, ‘शुरुवाती सप्ताहमा जहाँ संक्रमणको संख्या कम थियो अहिले तीव्र गतिमा बढिरहेको छ ।’
( ऐजेन्सी )
Leave a Reply