• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यकर्मीलाई सम्मानजनक व्यवहार गर्न मानव अधिकार आयोगको आग्रह

August 24th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यकर्मीलाई सम्मानजनक व्यवहार गर्न मानव अधिकार आयोगको आग्रह

हेल्थ टुडे,

काठमाडौं, ८ भदौ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न सबैलाई आग्रह गरेको छ ।  बानेश्वर मिलनचोकका स्थानिय टोल सुधार समितिको नाममा होस्टेलमा बसेका निजामती अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि भएको दुव्यवहारको घटनाको सर्वत्र निन्दा भएपछि आयोगले विज्ञप्ति निकालेर त्यसको विरोध गरेको हो ।

आयोगका सचिव  वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको बताएका छन् ।  यसप्रकारका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आयोगले आग्रह गरेको छ ।

यस्ता घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोगले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिन आयोगले सरकारलाई अपिल गरेको छ । हालै चितवनमा कोरोना संक्रमित चितित्सकको घरबाहिर स्थानीयले कोरोना संक्रमितको घर भनी ब्यानर टाँस्न खोजेका थिए ।  कोरोना भाइरस   रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगले अनुगमन गरिरहेको जनाएको छ । कोरोना भाइरसको महामारीका बेला अग्रभागमा उपचारमा खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीको मनोवल बढाउने काममा सरकारले ध्यान दिनु पर्ने आयोगले स्मरण गराएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्न  जिल्ला संकट व्यवस्थापन केन्द्रको  सिफारिस
Next article भारतले डेढ महिना भित्रै कोरोना भ्याक्सिन ल्याउने, मूल्य मात्र २५० रुपैयाँ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web