• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्

September 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्

हेल्थ टुडे,

काठमाडौँ,  २८ भदौ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोभिड–१९ को उपचार, रोकथाम, नियन्त्रण तथा प्रभावबारे विभिन्न २३ प्रकारका अध्ययन–अनुसन्धान गरिरहेको छ । परिषद्का सदस्य सचिव  डा. प्रदीप ज्ञवालीका अनुसार हालसम्म सातवटा अध्ययन भने पूरा भइसकेको छ भने ९ थरी अध्ययन तथा अनुसन्धान जारी छ । सात प्रकारका अनुसन्धान अनुमोदन हुने प्रक्रियामा छन् । यसका साथै निजी तथा संस्थागत रूपमा कोभिड–१९ बारे अध्ययन तथा अनुसन्धानका लागि पनि करिब १४० वटा विषयमा एनएचआरसीले अनुमति दिएको छ ।

एनएचआरसीका कार्यकारी प्रमुख डा. ज्ञवालीका अनुसार अध्ययन पूरा भइसकेका सातवटा अध्ययनमध्ये तीनवटा प्रकाशित भइसकेका छन् भने चारवटा प्रकाशनको अन्तिम तयारीमा छन् । एनएचआरसीले ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको नतिजालाई आरटी–पीसीआरको नतिजासँग गरेको तुलनात्मक अध्ययन प्रकाशित गरिसकेको छ । यस्तै नेपालमा कोभिड–१९ को उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थाहरूको तयारी अवस्था, काठमाडौं उपत्यकामा कोभिड–१९ को रोकथामका लागि सर्वसाधारणले एसएमएस (सामाजिक दूरी, मास्क र सेनिटाइजर) को पालना गरेरनगरेको बारे पनि अध्ययन पूरा गरी प्रतिवेदन प्रकाशित भइसकेको छ ।

यस्तै अनलाइन सञ्चारमाध्यममा कोभिड–१९ का समाचार प्रकाशन, विदेशबाट नेपाल फर्किएकामा कोभिड–१९ का लक्षण, कोभिड–१९ बारे सर्वसाधारणको बुझाइ र प्रतिक्रिया, कोभिड–१९ महामारीमा स्वास्थ्यकर्मीहरूमा तनाव, बेचैनी, निराशा र तीसँग सम्बन्धित अन्य सहायक तत्त्वहरूका बारेमा गरिएको अनलाइन सर्भेको अन्तिम प्रतिवेदन भने प्रकाशनको तयारीमा छन् ।

परिषद्को नेतृत्वमा हाल केही महत्त्वपूर्ण अध्ययनहरू भइरहेका छन । जसमा अति गम्भीर बिरामीमा रेमडेसिभिर र कन्भोलेसेन्ट प्लाज्मा थेरापीको प्रयोग गरेर उपचार, क्वारेन्टाइनले व्यक्तिको मनोविज्ञानमा पारेको असर, मध्यम लक्षण भएका संक्रमितहरूको व्यवस्थापनका लागि ‘वाईएएसएच–टी’ (विभिन्न जडीबुटी) को प्रयोग, काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मी तथा तिनका परिवारमा सेरो–इपिडिमियोलोजी अध्ययन, कोभिड–१९ निको भएका व्यक्तिहरूमा परेका असर, हाल कोभिड–१९ विरुद्धको प्रतिकार्यको समीक्षा तथा विश्लेषण र नेपालमा भेटिएका कोरोना संक्रमितहरूमा भेटिएको सार्स–कोभ–२ भाइरसको जिनोम सिक्वेन्सिङ र प्रतिरोधात्मक क्षमताको विश्लेषणबारे पनि अध्ययन भइरहेको छ । ‘हाल चलिरहेको सातवटा अध्ययनमध्येका केही अन्तिम चरणमा प्रवेश गरिसकेका छन् भने केही भने हाल जारी नै छन्,’ डा. ज्ञवालीले भने, ‘जिनोम सिक्वेन्सिङबारेको अध्ययन धेरैमा अबको दुई सातामा पूरा हुन्छ होला ।’

डा. ज्ञवालीका अनुसार विभिन्न देशबाट आएका संक्रमितहरूबाट भाइरसको नमुना संकलन गरेर गरिएको जिनोम सिक्वेन्सिङको अध्ययन पूरा भइसकेको छ । तर, त्यसलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा ‘क्रसचेक’ तथा ‘भ्यालिडेट’ गर्नका लागि नमुनाहरूलाई हङकङस्थित प्रयोगशालामा पठाएर परीक्षण गर्न लागिएको छ । ‘हामीले नेपालमा गर्नुपर्ने अध्ययन सकाइसकेका छौं,’ उनले भने, ‘तर हङकङमा पठाएर ती नमुनाको पुनः परीक्षण गरेर त्यहाँको रिपोर्टले के भन्छ भनेर पनि दाँजेर हर्ने काम गर्न बाँकी छ । त्यसका लागि नमुना हङकङ पठाउनुपर्छ । अति जोखिमयुक्त वस्तु भएकाले छुट्टै नियमहरू हुँदो रहेछ । त्यसैको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’यस्तै एनएचआरसीले प्रधानमन्त्री ओलीको सबैभन्दा बढी जोड रहेको विभिन्न आयुर्वेदिक औषधिहरूको पनि वैज्ञानिक अध्ययन गर्न लागिएको जानकारी पनि डा. ज्ञवालीले दिए । उनका अनुसार जडीबुटीबारेका अध्ययन पूरा हुन भने अझै केही समय लाग्नेछ ।

एनएचआरसीले कोभिड–१९ बाट सुरक्षित राख्न भिटामिन–डी भूमिकाको ¥यान्डमाइज्ड कन्ट्रोल ट्रायल विधिबाट अध्ययन गर्ने योजना बनाएको छ । यस्तै कोभिड–१९ को उपचारमा एन्टिभाइरल औषधिको प्रभावबारे पनि ¥यान्डमाइज्ड कन्ट्रोल ट्रायल विधिबाट अध्ययन गर्ने योजना एनएचआरसीको छ । सामान्य रूपमा बुझ्दा यो विधिमा केही निश्चित संख्याका बिरामीलाई अध्ययन गर्न लागिएको औषधि वा उपचार पद्धतिको प्रयोग गरिन्छ भने सोही प्रकारको अवस्था भएका निश्चित संख्याका बिरामीलाई भने सो औषधि र उपचार पद्धति प्रदान गरिँदैन । निकै जटिल मानिने यस प्रकारका अध्ययन प्रतिवेदनको निष्कर्ष सकारात्मक वा नकारात्मक जे भए पनि विश्वभर नै मान्यता प्राप्त गर्छ ।

डा. ज्ञवालीका अनुसार एनएचआरसीले गरिरहेको र आगामी दिनमा गर्ने विभिन्न कोभिड–१९ सँग सम्बन्धित अध्ययनका लागि स्वदेश तथा विदेशमा रहेका विज्ञहरूसँग समन्वय गरिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आइसोलेसनमै बच्चा जन्माइन् कोरोना संक्रमित महिलाले
Next article कोरोनाका बिषयमा गलत हल्लाको पछि नलागौं

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web