हेल्थ टुडे,
काठमाडौं, १ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंग कोभिड–१९ खोप नेपाल ल्याउने बिषयमा वार्ता गर्ने गर्ने बताएका छन् । तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतका अधिकारीसँग छिटोभन्दा छिटो खोप उपलब्ध गराउन गम्भिर वार्ता गर्ने बताएका हुन ।
भारत सरकारले यही माघ ३ गतेदेखि आफ्ना फन्टलाइन स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेकालाई कोभिड–१९ विरुद्धको खोप दिन सुरु गर्ने घोषणा गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाटै कोभिड–१९ विरुद्धको खोप छिट्टै ल्याउने बताइरहेको भएपछि त्यस बिषयमा स्पष्ठ कार्ययोजना छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले काठमाडौंस्थित भारतीय राजदूतलाई बोलाएर खोपका बिषयमा कुराकानी गरेको भएपनि ठोस निर्णय भारतीय उच्च राजनीतिक नेतृत्वसँग नेपाल सरकारले कुरा गरेपछि मात्र हुने बताएका थिए । मन्त्री ज्ञवालीको भ्रमणका अजेण्डा अरु पनि भए पनि खोपको अजेण्डा प्रमुख रहेको परराष्टमन्त्रालयका अधिकारीले पनि पुष्टि गरेका छन् ।
Leave a Reply