• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

February 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

हेल्थ टुडे,

विराटनगर, २ फागुन : ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम लागु भएको छ । प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

यसै बर्षको चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयका सूचना अधिकारी महेश पोखरेलले जानकारी दिए । ‘यस प्रदेशमा ९० प्रतिशत हाराहारीमा नवीकरण भइरहेको छ,’ उनले भने । बोर्डको अध्ययनमा बिमित सेवाग्राहीमध्ये करिब १० प्रतिशतले सोचेअनुरूप सेवा पाउन नसकेको गुनासो गरेको पोखरेलको भनाइ छ । ‘यो संख्या पनि धेरै हो, बोर्डले त्यसलाई सक्दो छिटो व्यवस्थापन गर्छ,’ उनले भने ।

चिकित्सकले लेखेका सबै औषधि सेवा प्रदायक स्वास्थ्य संस्थामा नपाइएको, बिरामीको चाप व्यवस्थापन गर्नेतर्फ ध्यान नदिँदा उपचारमा धेरै समय लागेको, पुर्जी कटाउन झन्झट भएको, हरेक दिन पुर्जी दर्ता गर्नुपर्ने, बिमाको प्याकेजमा सम्पूर्ण औषधि नपरेकाले अन्य औषधि तथा प्याकेजको पैसा तिर्नुपरेको, स्वास्थ्य संस्थाले थप रकम माग गरेकालगायत गुनासा आउने गरेका छन् । बोर्डले प्रदेशका हरेक जिल्लामा आधारभूत एवं जटिल स्वास्थ्योपचार दिन सक्षम सरकारी एवं निजी स्वास्थ्य संस्थालाई सेवा प्रदायकका रूपमा यो कार्यक्रममा समेटेको छ ।

‘प्रदेश कार्यालयका साथै बोर्डका तर्फबाट बिमितहरूको मौखिक तथा लिखित गुनासाको प्रकृति हेरी यथार्थ रूपमा बुझ्ने, सक्दो स्थलगत अनुगमन, निरीक्षण तथा टेलिफोनबाट समेत समस्या समाधान गर्दै आएका छौं,’ उनले भने । झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १ सय ८२ जना बिमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार २ सय ६७ र तेस्रोमा मोरङबाट १ लाख ९३ हजार ७ सय ३ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेश १ मा सबैभन्दा पहिले २०७३ असार १५ मा इलाममा यो कार्यक्रम लागू भएको हो ।

इलाममा ९७ हजार १ सय ५६ बिमित सदस्य छन् । सोलखुम्बुमा बिमित सदस्य कम रहेको र अन्य पहाडी जिल्लामा बिमितको संख्या सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा ६ हजार ७ सय ३७ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

उदयपुर र पाँचथरमा स्वास्थ्य बिमा दर्ता फाराम संकलनका क्रममा रहेको पोखरेलले बताए । सबैजसो जिल्लामा बिमित सदस्यमध्ये महिला बढी छन् । प्रदेशमा पुरुषभन्दा महिलाको संख्या बढी हुनु, भएका पुरुष पनि रोजगारी एवं जागिरका क्रममा घरबाहिर रहनुजस्ता कारणले बिमितमा महिलाको संख्या बढी देखिएको उनको विश्लेषण छ । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा परिचयपत्र दिइन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने
Next article कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web