• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

February 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

हेल्थ टुडे,

काठमाडौं, ९ फागुन : नेपाल सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट अग्रिम पैसा भुक्तानी दिएको किनेको कोभिड १९ विरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुगेको छ । एयर इन्डियाको विमानबाट उक्त कोभिशिल्ड खोप दिउँसो त्रिभुवन विमानस्थल आइपुगेको हो । सेरमसंग २० लाख डोज खोप किन्ने निर्णय गरेको भए पनि पहिलो लटमा १० लाख डोज आइपुगेको हो । अर्को १० लाख डोज छिट्टै आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन् । भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि कोरोना खोप अभियान सुरु गरेको थियो ।

शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् । महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टरको फि बढ्यो, कस्को कति ?
Next article कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web