हेल्थ टुडे,
काठमाडौं, ९ जेठ : पछिल्लो २४ घण्टामा ७ हजार ६६४ कोरोना संक्रमणमुक्त भएका छन् भने ७ हजार ९१४ जनामा कोरोना संक्रमण भएको छ । शनिबार ८ हजार ९८० मा संक्रमण देखिएको थियो । कोरोना संक्रमणकै कारण बिगत २४ घण्टामा १९३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर प्रविधिबार कोरोना परीक्षण गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१६ जना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।
काठमाडौंमा पछिल्ला दिन नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छ । दिनमा ४ हजार भन्दा बढी संक्रमितसम्म पुष्टि हुने गरेको काठमाडौंमा अहिले त्यो संख्या घटेर १७ सयमा पुगेको छ । देशभरि नयाँ संक्रमितको संख्या पनि घट्दो छ । शनिबार ८ हजार ९८० मा संक्रमण देखिएको थियो ।
Leave a Reply