• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४ हप्तामा कोरोना संक्रमण हट्ने स्वास्थ्य मन्त्रीको दाबी

May 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४ हप्तामा कोरोना संक्रमण हट्ने स्वास्थ्य मन्त्रीको दाबी

हेल्थ टुडे,

काठमाडौं, १० जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा ४ हप्तामा कोरोना संक्रमण हट्ने दाबी गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले संक्रमण घटाउन लकडाउन गरेको भए पनि आवतजावत पूर्ण रुपमा बन्द नभएको र केही सेवाहरु अहिले पनि सञ्चालनमा रहेकाले संक्रमण हट्न केही समय लाग्ने बताए । उनले भने, ‘संक्रमण हट्न अझै ४ हप्ता लाग्ने देखिएको छ ।’ उनले काठमाडौं उपत्यकामा संक्रमण केही घटेको देखिए पनि देशभरि औषत दैनिक ८ हजार ३०० जना नयाँ संक्रमित थपिने गरेको जानकारी दिए ।

सरकारी र निजी गरि १५७ वटा अस्पतालमा कोरोना संक्रमितहरुको निशुल्क उपचार भइरहेको बताउदै मन्त्री त्रिपाठीले गत बैसाखमा मात्र ती अस्पतालहरुले उपचार गराए वाफत ४५ करोड रुपैया सोधभर्ना गरिएको जानकारी दिए । सरकारले पछिल्ला दिनमा आइसियूको संख्या थपेर ३ हजार पुर्याएको, भेन्टिलेटरको संख्या ९०४ पुर्याएको र १९ वटा अक्सिजन प्लान्ट जडानको क्रममा रहेको मन्त्री त्रिपाठीले बताए । २६ लाख ६५ हजारले कोरोना विरुद्धको खोप लगाइसकेको जानकारी गराउदै उनले अरुका लागि खोप ल्याउन विभिन्न दातृ निकायसँग पहल भइरहेको बताए । अहिले नेपालमा १ लाख १५ हजार सक्रिय संक्रमित रहेको र ती मध्ये १७२१ को आइसियू र ४८४ जनाको आइसियूमा राखेर उपचार भइरहेको त्रिपाठीले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा प्रा. डा. गौतम नियुक्त, डा. गौतम भन्छन, ‘भोलीबाट काम सुरु हुन्छ ’
Next article संक्रमण बिस्तारै घट्दै, ७ हजार ६६४ कोरोना संक्रमणमुक्त, ७ हजार ९१४ नयाँ थपिए र १९३ को मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web