हेल्थ टुडे,
काठमाडौं, २३ जेठ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेको संख्या तिन हजारको लाइनमा झरेको छ । आइतबार ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या हिजो शनिबारको भन्दा १५ सय ६३ ले कम हो । शनिबार ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्ला दिन संक्रमणमुक्त हुनेको संख्या बढेको छ । आइतबार ६ हजार ६ सय ३६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरि विगत २४ घण्टामा कोरोना संक्रमणका कारण ९९ को मृत्यु भएको छ । पछिल्ला दिन अस्पतालहरुमा पनि संक्रमितको संख्या घट्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । तर अझै पनि आईसियू र भेन्टिलेटर भने सहजै पाउन सक्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाई छ । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले संक्रमितको संख्या घट्दो भए पनि आईसियू र भेन्टिलेटर पाउन भने अझै सहज नभएको बताए ।
Leave a Reply