• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
Ads

स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश

June 29th, 2021 Ads 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
सामाजिक बिकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय राजपुर डोटी

स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश

“स्वच्छ, सवल, भेदभाव रहित समाज , गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेश को आवाज” जस्तो मूल नारा अन्तर्गत सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशित रहेको छ । यस प्रदेशमा बसोबास गर्ने आम जनसमुदाय लाइ आ आफ्नो स्वास्थ्य स्तर उच्च , तन्दुरुस्त , स्वस्थ,सुदृढ ,बनाइ राख्न स्वास्थ्य का केहि आधारभूत नियम , ब्यबहार , अभ्यास तथा बानि अनुसरण गर्नु पर्दछ । तपशिलमा उल्लेखित कुराहरुमा ध्यान दिउ र आफ्नो , परिवारको र समुदायको स्वास्थ्य स्तर स्वस्थ बनाउनमा मद्दत गरौ ।

तपशिल

  • छोरीको उमेर २० वर्ष पुगे पछी मात्र बिबाहको तयारी गरौ । बिबाह भै सके पछी कम्तिमा दुइ वर्ष को फरकमा बढीमा दुइ वटा सम्म बच्चा जन्माउने गरि योजना बनाऔ ।
  • गर्भवती महिला हरुको स्वास्थ्य र गर्भको शिशु को स्वास्थ्य अवस्था राम्रो बनाइ राख्न गर्भ अवधि भरिमा कम्तिमा चार पटक स्वास्थ्य संस्था मा लगेर स्वास्थ्य जांच गराऔ ।
  • सुदूरपश्चिम प्रदेशका सबै ८८ वटै स्थानीय तहमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध भएको हुनाले सबै गर्भवती महिला हरुले आ आफ्नो पायक पर्ने स्थानमा गइ आफ्नो गर्भको शिशुको अवस्था थाहा पाउन उक्त ग्रामिण अल्ट्रासाउन्ड को सेवा लिएर गर्भको भ्रुण को अवस्था थाहा पाएर आवश्यक ब्यबस्थापन गरौ ।
  • गर्भवती महिला र बच्चा जन्मेको १५ महिना भित्र सरकारले उपलब्ध गराएको सबै खोप हरु नियमित र निर्धारित तालिका अनुसार लिने गरौ र बिभिन्न संक्रामक सरुवा रोगहरुबाट सुरक्षित बनौ ।
  • आयोडिन नुन को मात्र प्रयोग गरौ , घरमा पालेका जनावर हरुलाई समेत आयोडिन नुन खुवाउने गरौ ।
  • गर्भवती महिला हरुलाई गर्भको चार महिना देखि बच्चा जन्मेको ४५ दिन सम्म नियमित दैनिक आइरन चक्की खुवाउने गरौ ।
  • लगातार दुइ हप्ता भन्दा लामो समय देखि खोकी लागेको छ भने क्षयरोग हुन् सक्छ त्यस कारण लामो समय देखिको खोकी लागेको छ भने नजिक को स्वास्थ्य संस्था गइ खकार जांच गरौ । क्षयरोग लागेको प्रमाणित भयो भने नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुने गर्दछ ।
  • छालामा लाटो, फुस्रो र नाचिलाउने दाग आउन सक्छ , त्यस्तो दाग कुष्ठरोग को हुन् सक्छ यस्तो दाग आयो भने तुरुन्तै नजिक को स्वास्थ्य संस्था मा गइ कुष्ठरोग को जांच गराउ , स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित औषधि सेवन गरि कुष्ठरोग निको हुन् सक्छ र अपांग हुन् बाट समेत बच्न सकिन्छ ।
  • औलो प्रभावित क्षेत्र मा बसोबास गर्ने मानिसहरुमा कुनै कारण बिना ज्वरो आयो भने औलो ज्वरो हुन् सक्छ । त्यस कारण ज्वरो आउने बितिक्कै औलोको संका गरि नजिकको स्वास्थ्य संस्थामा गइ रगत जांच गरि औल हो होइन जांच गराउ , अनि औलो प्रमाणित भयो भने सरकारी स्वास्थ्य संस्था बाट निशुल्क प्राप्त हुने औषधि सेवन गरि औलो रोग निको हुने गर्दछ ।
  • दुइ हप्ता भन्दा लामो समय देखि ज्वरो आउने गरेको छ भने कालाजार लागेको हुन् सक्छ । अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र हरुमा कालाजार जांच गर्ने प्रबिधि उपलब्ध रहेको छ । कालाजार को जांच गरौ समयमै उपचार गरि स्वास्थ्य लाभ गरौ ।
  • विश्व ब्यापी रुपमा फैलिएको महामारी कोरोना बाट बाट बच्न मास्क को प्रयोग गरौ , समय समय मा हात धुने गरौ , भिडभाड हुने ठाउमा नजाउ र सरकार ले उपलब्ध गराएको खोप लगाउ ।
  • औलो , कालाजार , डेंगु , चिकंगुनिया , हात्तीपाइले, जापानिज इन्सेफ्लाईटिस जस्ता रोगहरु लामखुट्टे लगायत का भुसुना बाट सर्ने भएको हुनाले उक्त किट हरुको टोकाई बाट बच्न सुत्ने बेला झुल को प्रयोग गरौ ।
  • घर वरिपरिको बाताबरण सफा राखौ बिभिन्न सरुवा रोग बाट बचौ ।
  • मुटु रोग , क्यान्सर , मधुमेह तथा उच्च रक्त चाप सम्बन्धि समस्या बढ्दो क्रम मा रहेको छ यसलाई न्यूनीकरण गर्न उचित आहार बिहार , व्यायाम , समय समय मा स्वास्थ्य जांच, योग , प्राणायाम को आवश्यकता पर्दछ ।
  • तराई क्षेत्र मा बसोबास गर्ने केहि समुदायमा सिकलसेल एनेमिया को समस्या रहेको देखिन्छ । रोग समयमै पत्ता लगाउ अनि आफु र आफ्ना सन्तान लाइ उक्त समस्या बाट छुटकारा दिलाउन स्वास्थ्यकर्मी सल्लाह अनुसार गरौ ।
  • घरेलु हिंशा बाट प्रभावित हरुको समस्या सम्बोधनको लागि अस्पतालहरुमा एक द्वार संकट ब्यबस्थापन केन्द्र को ब्यबस्था गरिएको छ त्यस कारण यस्ता व्यक्तिहरुले उक्त स्थानमा गइ सेवा लिन सकिन्छ ।

स्वास्थ्य निर्देशनालय
राजपुर डोटी
०९४४४०१२०

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरु भयो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं समिट
Next article हेटौँडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा शुरु

Health Today Nepal

Related Posts

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

Health Insurance

Health Insurance

नेपाल आयल निगमको अत्यावश्यक जानकारी

नेपाल आयल निगमको अत्यावश्यक जानकारी

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web