• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपचार नपाई शिशु जन्माइसकेपछि सुत्केरीको मृत्यु

July 18th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपचार नपाई शिशु जन्माइसकेपछि सुत्केरीको मृत्यु

हेल्थ टुडे,

ओखलढुंगा, ३ साउन : सरकारले सुत्केरी व्यथा लागेकालाई उपचार गर्न निःशुल्क उद्धारको व्यवस्था मिलाएको छ । तर अझै पनि गाउँघरमा यसबारे धेरै जानकार छैनन् । शुक्रबारमात्रै जिल्लाको मोलुङ गाउँपालिका–७ पात्ले बाख्रे गाउँकी एक सुत्केरीले समयमा उपचार नपाउँदा ज्यान गुमाईन् । ३२ वर्षीया सुनिता लामिछानेको शिशु जन्माइसकेपछि उच्च रक्तस्रावका कारण निधन भएको हो ।

 सुनिताको घरदेखि आधा घण्टाको दूरीमा स्वास्थ्यचौकी भए पनि स्वास्थ्यकर्मीलाई जानकारीसम्म नदिएको वडाध्यक्ष हेमकुमार सुनुवारले बताए । सुनिताले शुक्रबार बिहान ८ बजे छोरा जन्माइन् । त्यसपछि रक्तस्राव रोकिएन । गाउँले र आफन्ते बोकेर स्वास्थ्यचौकीतिर लगे ।

वर्षायामका कारण गाडी चल्न नसक्ने भएकाले उनलाई बोकेरै करिब डेढ घण्टामा प्राप्चा पु¥याए । प्राप्चा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले समेत मिसन अस्पताल ओखलढुंगा लैजान रेफर गरे । उनलाई गाडी खोजेर मिसन अस्पताल लाने क्रममा बाटोमै मृत्यु भयो ।

 जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले चेतना अभावकै कारण यस्तो दुःखद घटना भएको बताए । अगाडि जानकारी भएको भए जसरी पनि सुत्केरीको ज्यान बचाउन सकिने उनले बताए । ‘हेलिकप्टरबाट हामीले सुत्केरीको निःशुल्क उद्धार गरिरहेका छौं । तर यो घटनामा चेतनाकै अभाव देखियो,’ तिवारीले भने, ‘अब फेरि पनि हामी गाउँपालिकामा चेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारीमा छौं ।’ तिवारीका अनुसार गएको दुई वर्षमा चार जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ । तीन वर्षअघि मात्रै साविकको पात्ले गाविस र हाल खिजीदेम्बा गाउँपालिका–९ की एक सुत्केरीको उच्च रक्तस्रावकै कारण ज्यान गएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रौतहटमा पत्रकारहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य र बालविवाह सम्बन्धी कार्यशाला
Next article डेढ बर्षपछि बल्ल स्वास्थ्यमा चिकित्सक सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. पोखरेल नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132861
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web