• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला दिवसमा फुटबल : चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा

March 10th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला दिवसमा फुटबल :  चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा

हेल्थ टुडे,

काठमाडौँ, २६ फागुन : विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको चिकित्सक र मिर्गौला प्रत्यारोपित बिच भएको मैत्रीपूर्ण फुटबलमा दुबै टोलीले ३ – ३ गोलको बराबरी गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना तथा अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालको सह आयोजनामा भएको खेलामा चिकित्सक पक्षको टीममा स्वास्थ्य मन्त्री विरोध खतिवडा र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित चिकित्सक, कलाकार र पत्रकार सहभागी थिए भने प्रत्यारोपितको नेतृत्व झमक श्रेष्ठले गरेका थिए ।

विश्व मिर्गौला दिवसको अवसरमा आज दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा दुबै टोलीले आक्रामक सुरुवात गरेका थिए । यद्धपी निर्धारित ९० को समयमा तीन तीन गोल भई बराबरीमा रोकिएको थियो । खेलमा पूर्व मुख्य सचिव लिलामणि पौडेल, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ सहित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत सहभागि थिए ।

केन्द्रले हरेक वर्ष यस किसिमको फुटबल आयोजना गर्दै आइरहेको छ । प्रत्यारोपण गरेका व्यक्तिले पनि अरु व्यक्ति सरह जिवन यापन गर्न सक्छन भन्ने उत्प्रेरणा प्रदान गर्न खेल प्रतियोगिता आयोजना गर्ने गरिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । फुटवल लगत्तै रंगशालाकै कभर्ड हलमा मिर्गौलाबारे अन्तरक्रिया कार्यक्रम कार्यक्रम राखिएको थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी  खापुङले   खानपान जीवनशैलीका कारण मिर्गौला रोगको समस्या नियन्त्रणमा आउन नसकेको भन्दै यस तर्फ अब सबैको ध्यान जानुपर्ने बताए । उनले सरकारले मिर्गौलाका बिरामीका लागि आर्थिक तथा कानूनी रुपबाट सहयोग नै गरेको भन्दै थप आवश्यकता परेका कुराहरुलाई थप छलफलबाट टुंग्याउन सकिने बताए ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले मिर्गौला उपचारमा सरकारको राम्रो सहयोग भएको भन्दै प्रशंसा गरे । उनले मिर्गौलाका बिरामीका लागि डायलासिस र प्रत्यारोपण निशुल्क गरिएको भन्दै डायलासिसका लागि लागि प्रत्येक वर्ष एक जना व्यक्तिका लागि साढे २ लाख रुपैयाँ र प्रत्यारोपणमा ५ लाख रुपैयाँ सरकारले खर्च गर्ने बताए । अंगदानका बिषयमा अझै चेतना बिस्तार हुन नसकेको बताउदै यसमा सबैको सहयोग हुनु पर्नेमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनमा बैसाख ९ देखि ११ सम्म हुने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ मा १६० वटा औषधि उद्योग सहभागी हुने
Next article देउवा सरकारको अंगदानमा ऐतिहासिक निर्णय : प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133141
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

43
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web