• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग

June 16th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग

हेल्थ टुडे,
काठमाडौं, २ असार : समलिङ्गी विवाहलाई कानूनी मान्यता प्रदान गर्नका लागि दबाब दिन नेपाल परिवार नियोजन संघले ‘विवाहमा समानताको अधिकार’ नामक परियोजना सुरु गरेको छ । आईपिपिएफको सहयोग र निल हिरा समाजको सहकार्यमा यो परियोजना अगाडि बढाइएको हो ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल परिवार नियोजन संघका महानिर्देशक डा.नरेशप्रताप केसीले परियोजना सुभारम्भ भएको जानकारी दिदै यो परियोजनाले यौनिक तथा अल्पसंख्यकको वैवाहिक समानताको अधिकार स्थापित गर्नमा अहं भूमिका खेल्ने बताए । यौनिक तथा अल्पसंख्यकको अधिकार स्थापना गर्न परिवार नियोजन संघले बिगत लामो समयदेखि पैरवी गर्दै आएको बताउँदै महानिर्देशक केसीले भविश्यमा पनि यो प्रसास निरन्तर रहने बताए । उनले भने, ‘कुनै पनि व्यक्तिले आफ्नो स्वअनुभूति अनुसारको लैङ्गिक पहिचान हासिल गर्न उसको वैयक्तिक आत्मनिर्णयको अधिकार भएकाले विवाहमा समानताको अधिकार स्थापित हुनु पर्छ । ’

महिला र पुरुषबिच हुने विवाहलाई मात्र नेपालमा कानूनी मान्यता प्रदान गरेको बताउँदै अब समलिंगी विवाहले पनि मान्यता पाउनु पर्नेमा डा. केसीले जोड दिए । निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले महिला र पुरुष बाहेक अन्य लिंगी व्यक्तिहरुको यौन अधिकारलाई पनि सरकारले समान हैसियत दिनु पर्ने बताइन । कार्यक्रममा निल हिरा समाजकी भूमिका श्रेष्ठ, परिवार नियोजन संघकी कार्यक्रम निर्देशक डा. बिना श्रेष्ठ, युएन एड्सकी डा. किसु रावल लगायतका विज्ञहरुले सरकारले समलिंगी विवाहलाई कानुनी मान्यता प्रदान गर्नु पर्नेमा जोड दिएका थिए ।

परिवार नियोजन संघ पैरवी साखा प्रमुख जमुना सिटौलाले क्यानाडा, बेलायत, स्पेन,फ्रान्स, निदरल्याण्ड लगायतका थुप्रै देशले विवाहमा समानताको अधिकार प्रदान गरेको जानकारी गराउदै नेपाल सरकारले समलिंगी विवाहले कानुनी मान्यता दिनु पर्नेमा जोड दिइन । कार्यक्रममा विवाहमा समानताको अधिकारका लागि पैरवी गर्न निर्माण गरिएका ३ वटा डकुमेन्ट्ररी समेत प्रदर्शन गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने प्रस्ताव लामो समयदेखिको सपना : डा पुकारचन्द्र श्रेष्ठ
Next article काठमाडौं बाहिर पोखरामा पहिलो पटक सरकारी अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132861
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web