• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण

July 15th, 2022 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण

हेल्थ टुडे,

काठमाडौं, ३० असार : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिहीबार एकै दिन चार जना जीवित दाताबाट प्राप्त मिर्गौला चार जना बिरामीमा प्रत्यारोपण गरिएको छ । लाइभ डोनरबाट एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो घटना नेपालमा पहिलो भएको केन्द्रको दावी छ । अर्घाखाँचीकी २६ वर्षीया छोरीले ४८ वर्षीया आमाबाट, दोलखाका २७ सौतेनी छोराले ३८ वर्षीया आमाबाट, तनहुँका ३६ वर्षीया श्रीमान्ले ३५ वर्षीया श्रीमतीबाट र काभ्रेका ३५ वर्षीय छोराले ५२ वर्षीय बुबाबाट मिर्गौला प्राप्त गरेका हुन् ।
केन्द्रले यस वर्ष ९ सय जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ । प्रत्यारोपित व्यक्ति तथा अंगदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै केन्द्रले मुलुकमा लाइभ डोनरबाट एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो घटना रहेको समेत दाबी गरेको छ । करिब ३ वर्षअघि एकै दिन केन्द्रमा २ जना जीवित दाता र २ जना ब्रेन डेथ भएका दाताबाट प्राप्त मिर्गाैला ४ जना विरामीमा प्रत्यारोपण गरिएको थियो । केन्द्रका निर्देशक एवं वरिष्ठ मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिएको खण्डमा बिरामीले प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

हाल मुलुकमा करिब ६ सय जना मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छन् । सातामा ६ देखि ८ जनाका हिसाबले वार्षिक करिब २ सयभन्दा बढीमा मिर्गौला प्रत्यारोपण भइरहेको केन्द्रले जनाएको छ । केन्द्रले मात्र माग धान्न नसक्ने हुँदा सातै प्रदेशमा प्रत्यारोपण विस्तारको योजनाअनुसार असार ९ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा सुरु भइसकेको केन्द्रको भनाइ छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि विधेयक २०७९ पारित
Next article नेत्रज्योति संघका अध्यक्ष डा. पन्तलाई बद्रीबिक्रम थापा सेवा पुरस्कार

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web