• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण

July 15th, 2022 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण

हेल्थ टुडे,

काठमाडौं, ३० असार : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिहीबार एकै दिन चार जना जीवित दाताबाट प्राप्त मिर्गौला चार जना बिरामीमा प्रत्यारोपण गरिएको छ । लाइभ डोनरबाट एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो घटना नेपालमा पहिलो भएको केन्द्रको दावी छ । अर्घाखाँचीकी २६ वर्षीया छोरीले ४८ वर्षीया आमाबाट, दोलखाका २७ सौतेनी छोराले ३८ वर्षीया आमाबाट, तनहुँका ३६ वर्षीया श्रीमान्ले ३५ वर्षीया श्रीमतीबाट र काभ्रेका ३५ वर्षीय छोराले ५२ वर्षीय बुबाबाट मिर्गौला प्राप्त गरेका हुन् ।
केन्द्रले यस वर्ष ९ सय जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ । प्रत्यारोपित व्यक्ति तथा अंगदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै केन्द्रले मुलुकमा लाइभ डोनरबाट एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो घटना रहेको समेत दाबी गरेको छ । करिब ३ वर्षअघि एकै दिन केन्द्रमा २ जना जीवित दाता र २ जना ब्रेन डेथ भएका दाताबाट प्राप्त मिर्गाैला ४ जना विरामीमा प्रत्यारोपण गरिएको थियो । केन्द्रका निर्देशक एवं वरिष्ठ मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिएको खण्डमा बिरामीले प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

हाल मुलुकमा करिब ६ सय जना मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छन् । सातामा ६ देखि ८ जनाका हिसाबले वार्षिक करिब २ सयभन्दा बढीमा मिर्गौला प्रत्यारोपण भइरहेको केन्द्रले जनाएको छ । केन्द्रले मात्र माग धान्न नसक्ने हुँदा सातै प्रदेशमा प्रत्यारोपण विस्तारको योजनाअनुसार असार ९ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा सुरु भइसकेको केन्द्रको भनाइ छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि विधेयक २०७९ पारित
Next article नेत्रज्योति संघका अध्यक्ष डा. पन्तलाई बद्रीबिक्रम थापा सेवा पुरस्कार

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web