• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यौनिक अल्पसंख्यकका लागि परिवार नियोजन संघमा खुल्यो हर्मोनल तथा लेजर थेरापी क्लिनिक

September 16th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनिक अल्पसंख्यकका लागि परिवार नियोजन संघमा खुल्यो हर्मोनल तथा लेजर थेरापी क्लिनिक

हेल्थ टुडे,
काडमाडौं, ३१ भदौ : यौनिक तथा अल्पसंख्यकहरुका लागि नेपाल परिवार नियोजन संघ (एफपान) ले हर्मोनल तथा लेजर थेरापी क्लिनिक  सञ्चालनमा ल्याएको छ । नेपालमा यस किसिमको सेवा पहिलो पटक सुरु गरेको संघको दावी छ । नेपाल परिवार नियोजन संघको ६४ औं दिवसका अवसरमा शुक्रबार एक कार्यक्रमबिच संघको केन्द्रिय कार्यालय पुल्चोकमा सञ्चालन हुने उक्त हर्मोनल तथा लेजर थेरापी क्लिनिकको उद्घाटन गरिएको छ ।

समाज कल्याण परिषद्का सदस्य सचिव मजोज भट्ट, परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक लाल, स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. यदु घिमिरे, परिवार नियोजन संघका अध्यक्ष हिमालय कसजू र संघका महानिर्देशक डा. नरेशप्रताप केसीले संयुक्त रुपमा क्लिनिकको रिबन काटेर उद्घाटन गरेका हुन । शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिकमा यौनिक तथा अल्पसंख्यकहरुले हर्मोन तथा लेजर थेरापी सेवा, हर्मोन सम्बन्धी परामर्श सेवा, छाला रोग सम्बन्धी सेवा र यौन संक्रमण परिक्षण तथा उपचार सेवा प्राप्त गर्न सक्नेछन ।

उक्त सेवा प्रदान गर्नका लागि संघले इन्डोक्राइनोलोजिस्ट डा. सुनिल पोखरेल र चर्मरोग विज्ञ डा. सिरप्पा बज्राचार्यलाई नियुक्त गरेको छ । ब्यु डायमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले यौनिक तथा अल्पसंख्यकहरुका लागि नेपालमा पहिलो पटक हर्मोनल तथा लेजर थेरापी क्लिनिक स्थापना हुनु खुशीको कुरा भएको बताउदै यसबाट सयौं सेवाग्राही लाभान्वित हुने आशा व्यक्त गरिन ।

आफूले अनुहारको कपाल हटाउन हजारौ रुपैया तिरेर बैंकक गएको स्मरण गर्दै ढकालले अब यो सेवा स्वदेशमै भए पछि आर्थिक अवस्था कमजोर भएकालाई सहज हुने बताइन । परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक लालले क्लिनिक संचालन हुनु सकारात्मक भएको बताए । एफपानका अध्यक्ष कुुसजूले यौन तथा प्रजनन सेवा सबैको अधिकारको विषय भएकाले संघले यसका सक्दो काम गरिरहेको बताए । एफपानकी कार्यक्रम निर्देशक डा. विना श्रेष्ठले देश भरिमा २० प्रतिसत यौन तथा प्रजनन् सेवा संघले उपलब्ध गराइरहेको बताइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. अचला बैद्यलाई बेलायतको रोयल कलेजको फेलोसिप
Next article डा. पुकार भन्छन, ‘आफ्नो गल्ती ढाकछोप गर्न दुव्यवहारको आरोप लगाइयो। ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web