• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधिको निर्णय फिर्ता लिन राज्यमन्त्रीलाई ज्ञापन

May 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिको निर्णय फिर्ता लिन राज्यमन्त्रीलाई  ज्ञापन

सरकारले ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयको विरोधमा आन्दोदनरत नेपाल औषधि आयातकर्ता संघ (मियान) सहित नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल तथा कस्मास्विटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र पशुपंछी आषधि व्यवसायी संघले राजधानीमा वृहत विरोध र्याली आयोजना गर्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलाई भेटी ज्ञापनपत्र बुझाएका छन ।

औषधि व्यवस्था विभाग बिजुलीबजारबाट सुरु भएको र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा सहभागीहरुले स्वास्थ्य मन्त्री गगन थापाले औषधिमा आत्मनिर्भरका नाममा केही स्वदेशी औषधि कम्पनीको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधिको आयात बन्द गरेर एकाधिकार लाद्न खोजेकोले निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष अञ्जन पुडासैनीले सरकारले बेलैमा निर्णय नसच्याए आन्दोलन अझ ससक्त हुने बताए । उनले भने, ‘ जनताले गुणस्तरीय औषधि सस्तोमा पाउनु पर्छ । यो या त्यो नाममा आयात बन्द गरेर जनताको अधिकार र हजारौलाई बेरोजगार पाइदैन । ’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको अध्यक्षतामा गठन गरिएको कार्यदलले दिएको सुझाव अनुसार स्वास्थ्य मन्त्री थापाले ३५ प्रकारका औषधिको आयात रोक्ने निर्णय गरेको सूचना सार्वजनिक भएपछि औषधि आयातकर्ता आन्दोलनमा उत्रिएका हुन । उनीहरुले औषधि व्यवस्था विभागमा कालोपट्टी बाधेर धर्ना दिनेदेखि घेराउ र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरिसकेका छन । मियानका महासचिव पवन आचार्यले मन्त्री थापाले सस्तो लोकप्रियताका लागि औषधिमा २२ सय प्रतिसतसम्म मुनाफा लिने गरेको भ्रमपूर्ण सूचना सार्वजनिक गरेर बदमान गर्न खोजेको आरोप लगाए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि व्यवस्था विभाग घेराउ र विरोध सभा
Next article आयात रोक्ने निर्णय स्थगित, सँयुक्त आन्दोलन घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web